पाँचौ मनहरी महोत्सव आज देखी शुरु, माघ २८ गतेसम्म संचालन हुने ।

मनहरी महोत्सवको उद्घाटन भब्य समारोहका बीच भएको छ । कोरोनाको कारण रोकिएको महोत्सवलाई निरन्तरता दिने क्रममा ५ बर्ष पछि मनहरीमा महोत्सब लाग्दै गर्दा मनहरी महोत्सवले स्थानिय संघ सस्थाको निक्कै न्यानो माया र साथ पाएको देखिन्थ्यो ।

माघ १६ गतेदेखि २८ गतेसम्म १२ दिन सञ्चालन हुने महोत्सवको बागमती प्रदेशका सांसद एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले भब्य समारोहका बीच उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले पश्चिम मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको विकासका लागि यहाँ स्थानीय सरकारले गरिरहेको प्रयत्नको सन्दर्भ जोड्दै उद्योगी व्यवसायीहरु निराश भइरहेका बेला सरकारले ढाडस दिनुपर्ने बताउनुभयो । महोत्सवले स्थानीय उत्पादनहरुको प्रबर्द्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । ‘यहाँको पर्यटन विकासका लागि रमौली प्रतापपुर क्षेत्रलाई मिनी सौराहको रुपमा बिकास गर्नुपर्ने प्रती आफुले भन्नू पर्ने र पहल कदमी लिन पर्ने स्थानमा सक्दो लागि पर्ने बताउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पश्चिम मकवानपुरको पहिचान प्रदर्शन गर्नका लागि महोत्सव निकै उपयोगी भएको बताउनुभयो । राक्सिराङ गाउँपालिकाले सञ्चालन गरिरहेको हाट बजारको प्रसंग समेत जोड्दै उहाँले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने कार्यका लागि महोत्सव फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका अध्यक्ष कृष्ण कुमार गुप्ता, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी रेखा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, राजनीतिक दलका तर्फबाट प्रकाश बर्ताैला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरी सभापती गणेशमान मानन्धरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कार्यक्रम अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट विभिन्न संघसंस्था, धार्मिक र जातीय प्रतिष्ठानहरु, शैक्षिक प्रतिष्ठान लगायतले आफ्नो पहिचानसहितको झाँकी प्रदर्शन गर्दै शोभायात्रा निकालेका थिए ।

मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट सुरु भएको शोभायात्रा मनहरी बजार हुँदै रिभर साइडको बाटो भएर महोत्सवस्थल पुगेको थियो । महोत्सवको उदघाटन सत्रमा सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु, स्थानीय संघसंस्थाका अगुवाहरु, भद्रभलाद्मीहरु, शिक्षक, विद्यार्थीहरु, गृहिणीहरु सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.