राक्सिराङ कृषि हाट बजारमा स्थानिय उत्पादनले प्राथमिकता पाउँदै

राक्सिराङ्ग गाउँपालिकामा आयोजना हुँदै आईरहेको कृषि हाट बजारमा स्थानिय उत्पादनले प्राथमिकता थालेको हो। महिनामा दुईदिन १ गते र १५ गते संचालन हुँदै आईरहेको हाट बजारमा स्थानिय रैथाने बालीले प्राथमिकता पाएको हो ।

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ को आयोजनामा संचालित कृषि हाट बजारमा अधिकांश स्टलहरु पालिका भित्रै उत्पादित सामाग्रीले प्राथमिकता पाईएको देखिन्थ्यो । २.५ लिटरको ५० रुपैयाँको मोहि देखि लिएर काउली , घ्यू , गोलभेडा,तरुल, सिस्नो, बङ्गुरको मासु, बाख्राको मासु, मास, गहत,कोदोको पिठो,फाफरको पिठो लगाएत घरायसी रुपमा प्रयोग हुने औजारहरु बिक्रीवितरणमा राखिएको थियो । त्यस्तै गरि राक्सिराङ ८ का स्थानिय दल बहादुर प्रजाले चेपाङ समुदायको लोपोन्मुख तुङ्ने माने प्रस्तुत गरिएको थियो ।

वडा भित्र रहेका बिधालयका बिद्यार्थीहरुले नृत्य , चेपाङ पान्देद्वारा चेपाङ झाक्री ढ्याङ्रो , सचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो । मेलाबाट नब उद्यमिको रुपमा उदाउदै गरेका मौरी पालक किसानहरुलाई प्रबर्द्धन गरेको देखिन्छ । मेलामा आउने ब्यक्तिहरुलाई मेला स्थलमै स्वास्थ्य परिक्षण समेत गरिएको थियो । मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत प्रेसर , सुगर लगाएत अन्य सामान्य स्वास्थ्य परिक्षण सेवा दिईएको थियो ।

वडा अध्यक्ष युसाई प्रजा ( हबिल) ले राक्सिराङ कृषि हाट बजारले मौलिक सस्कृती जोगाउनको साथ साथै वास्तविक किसानहरुलाई राहत मिलेको बताउनुभयो । साथ साथै लुकेर रहेका त्यस्ता प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर मेलाले दिलाएको बताउनुभयो ।

कृषि हाट बजारबाट मल र लत्ताकपडा बाहेक कृषकहरुले लिएर आएका स्थानिय कृषि उपजबाट २ लाख रुपैयाँ बराबरको कारोबार भएको श्रोतले जनाएकोछ ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा बिबिध सास्कृतिक कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मल्लले राक्सिराङ्ग बास्तबमै कला सस्कृतिमा धनी रहेको बताउनुभयो । अब फाल्गुन १ गतेको मेला आयोजना वडा नम्बर ५ कार्यालयले गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.