साना किसानको पशुपालन प्रशिक्षक प्रशिक्षण सकियो किसानको गोठमै गएर अध्ययन

साना किसान कृषि सहकारी सस्था लिमिटेड मनहरी ८ को आयोजनामा संचालित पशुपालन प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएकोछ । माघ ९ देखि १२ गते सम्म संचालित तालिममा २५ जना कृषक सहभागी रहेका थिए ।

४ दिन सम्म चलेको पशुपालन प्रशिक्षक प्रशिक्षण तालिममा फरक शैली अपनाईएको थियो । मनहरी गाउँपालिका वडा नम्बर ७,८ र ९ का बिजौना, सिम्पानी, ज्यामिरेमा कृषकको गोठ गोठमा गई पशुपालन गर्दै आई रहेका बिधीहरुको अबलोकन गरिएको थियो ।

फिल्डमा जादा अधिकांश कृषकहरुले खानपान मै ध्यान दिन नसकेको देखिएको थियो । त्यसको साथै सरसफाईमा पनि ध्यान नदिईएको पाईएको थियो ।कृषकहरुले प्रयोग गर्दै आईरहेको पशु आहारमा प्रोटिनको मात्रामा धेरै कमि पाउने गरेको देखिएको थियो भने अधिक मात्रामा कार्बोहाईड्रेट पाईएको थियो ।

नेदरल्याण्डका प्रशिक्षक रेयन्नस जेन्स लेनसको प्रमुख प्रशिक्षणमा तालिम संचालन भएको कार्यक्रममा फिल्डमै गएर पशु स्याहार , खानपान र बचत जस्ता पक्षमा सरल ढंगले सहजीकरण गर्नुभएको थियो ।

तालिम पस्चात आफूले गर्दै आईरहेको विधि पद्धतिले उत्पादनमा सोचे अनुसार सफल हुन नसकेको र तालिम पस्चात उत्पादनमा वृद्धि गराउन सहयोग मिल्ने धारणा ब्यक्त गरेका थियो ।

त्यस्तै तालिम पस्चात अनुभव ब्यक्त गर्ने क्रममा उदाहरणका लागि मात्रै पशुपालन गरेको तर फाईदाको लागि नगरेको महसुस भएको बताए अबको दिनमा उदाहरण र फाईदाको लागि पशुपालन गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीको तर्फबाट सोरिना सुवेदी ( बानियाँ), मान बहादुर मुक्तान, रुकमिना अर्याल र लेखा संयोजक रामहरी सुबेदीले तालिमको अनुभव सुनाएका थिए । त्यस्तै साना किसान लघुबित्त बित्तीय सस्था हेटौंडा शाखाका म्यानेजर कृष्ण कुमारी शर्माले मकवानपुरमा यस्तो तालिम हेटौंडा ३ ,बसामाडी पछि मनहरीमा गरिएको र धेरैनै प्रभावकारी भएको बताए । साना किसान कृषि सहकरी सस्था लिमिटेडका अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.