मनहरी वाईसीएलको नेतृत्वमा झाक्री सर्बसम्मत

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको युवा संगठन वाईसीएल नेपाल मनहरीको तेश्रो सम्मेलन शुक्रबार सम्पन्न भएकोछ । सम्मेलनले अर्को कार्यकालको लागि कृष्ण रुम्बा झाक्रीलाई निरन्तरता दिईएकोछ ।

मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयाको अग्निहोत्रा आश्रमको सभाहलमा सम्पन्न सम्मेलनले झाक्री सहित २९ सदस्यीय गाउँ कमिटी सर्बसम्मत चयन गरिएको हो । माओबादी केन्द्र पोलिट ब्युरो सदस्य एबम बागमती प्रदेश सामाजिक बिकास मन्त्री समेत रहनुभएका संसद माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मनहरीका वडा कमिटिमा आवद्ध वाईसीएल
तथा पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

देशमा बिद्यमान बिकृती र बिसङ्गती बिरुद्द राज्य सम्यन्त्र मात्रै लागेर सफल नहुने भएकोले समाजको तर्फबाट पनि खबरदारी एबम सकारात्मक परिबर्तनको लागि महत्वपूर्ण भुमिका निर्बाह गर्न वाईसीएल नेपाल लाग्नेमा बिश्वस्त रहेको मन्त्री मोक्तानले बताउनुभयो ।

देशमा आफ्नै पार्टिको सरकार हुँदा पनि चाहेको जस्तो युवालाई रोजगारको ग्यारेन्टी नभएको भन्दै वाईसीएल नेता तथा कार्यकर्ताले देशमै रोजगारको सृजना गरि देश बिकासमा चाहिने युवा शक्ति देशमै रोक्न पार्टीले बिशेष भुमिका खेल्नुपर्नेमा आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथी रहनुभएको थियो भने बिशेष अथिती पार्टी केन्द्रिय सदस्य घनश्याम दाहाल, बागमती प्रदेश कमिटी उपाध्यक्ष एबम बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामी( छिन्तु ), जिल्ला समन्वय कमिटी अध्यक्ष शर्केस घलान( मधु ), बागमती प्रदेश कमिटी सचिवालय सदस्य वीर बहादुर घलान( ज्वाला ), बागमती प्रदेश कमिटी सदस्य सीता पुलामी मगर (रेखा), मनहरी गाउँ कमिटी पार्टी ईन्चार्ज राजकुमार पाख्रिन, गाउँ कमिटी पार्टी अध्यक्ष राम प्रसाद कालाखेती लगाएत अन्य नेता तथा कार्यकर्ताको आतिथ्यता रहेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.