बनकरिया महिलाहरुलाई साबुन बनाउने तालिम शुरु : काम राम्रो गर्नुस् मेसिन पालिकले दिन्छौँ अध्यक्ष कालाखेती

नेपालकै लोपोन्मुख जाती मध्ये बनकरिया जाती पनि एक हो । मनहरी गाउँपालिका वडा नम्बर ४ नम्बर वडामा बसोबास गर्ने यस जाती शैक्षिक, आर्थिक तथा सामाजिक पक्षमा पछि पर्दै आईरहेको छ । स्थानिय सरकार आईसकेपछी भने यो समुदायको सह अस्तित्वको लागि स्थानिय सरकारले पनि साथ दिईरहेकोछ ।

बेला बेलामा विभिन्न सीप मुलक कार्यक्रम तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आईरहेको पाईन्छ । यसै क्रममा बनकरिया बस्तिका महिलाहरुलाई उद्यमशिलता तर्फ अग्रसर बनाउने उद्देश्यले वडाले उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण हेटौंडा मकवानपुरको प्रायोजनमा मंगलबार देखि ३० दिने तालिम संचालनमा आएको हो ।

कार्यक्रमको प्रमुख अतिथी तथा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले तालिम पस्चात सिकेका सिपलाई निरन्तरता दिदै माग अनुसार उत्पादन गर्न र सहजीकरण गर्न मेसिन समूहलाई प्रदान गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथ साथै समूहले उत्पादन गरेका साबुन गुणस्तरीय हुनुपर्ने र मनहरी गाउँपालिकाको सान र मान दुबैलाई ध्यान दिदै उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो । प्रशिक्षार्थीहरुलाई हौसला दिदै उत्पादित साबुन पालिकाको मातहतका कार्यालयहरुमा प्रयोगमा ल्याउने उद्घोष गर्नुभयो । यस्तै मनहरी महोत्सबमा मनहरी गाउँपालिकाको कोशेलीको रुपमा बनकरिया समुदायबाट उत्पादित सावुनलाई चिनाउन पाउ भन्दै सिक्ने बेलामा ध्यान दिन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले एउटै ब्यक्तिले धेरै तालिम लिनु उपलब्धी नहुने तर तालिम लिएपछी उद्यम तर्फ लाग्नु त्यो उपलब्धि हुने भन्दै अब पालिकाले तालिम लिएका ब्यक्तिहरुको रेकर्ड राख्ने र तालिमको उपलब्धी मापन गर्ने बताउनुभयो । तालिम लिने तर सिकेका सिपको व्यबहारमा नउतार्ने परिपार्टि चली आएकोछ त्यो आफैमा असोभनिय रहेको भन्दै अब त्यस्ता बिसङ्गतीलाई थप हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जनताको समृद्धिका लागि मनहरी पालिका सरकार हरदम लागि परिरहेको भन्दै साबुन बनाउने तालिमले पक्कैपनी बनकरिया बस्तिका महिलाको आर्थिक अवस्थामा महत्वपूर्ण भुमिका रहनेछ भन्नुभयो । तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

 

कार्यक्रममा मन्तव्य राख्ने क्रममा अतिथी तथा मनहरी ४
नम्बर वडाका अध्यक्ष प्रकाश थापाले सीप सिकेर मात्र नहुने भन्दै पालिका समक्ष प्रबिधी सहयोगको अपेक्षा गर्नुभएको थियो साथै जीवन जिउन सिप अत्यावश्यक पर्ने भन्दै त्यसैको शिलशिलामा यो सीप मुलक तालिमको आयोजना गरिएको बताउनुभयो ।

जम्मा २३ घरधुरीमा रहेका बनकरिया समुदायको संख्या जम्मा ९४ जना रहेकोछ । जस मध्ये ४३ जना पुरुष रहेकाछन् भने ५१ जना महिला रहेकाछन्। ३० दिन सम्म चल्ने तालिममा समुदायका २० जना महिलाहरुको सहभागिता रहनेछ । तालिम अबधी भर मेवा ,तितेपाती , घ्यु कुमारी र निमको साबुन बनाउन सिकाउने प्रमुख प्रशिक्षक हरि कला थापा मगरले बताउनुभयो । तालिममा १ किलो सोपबेसमा २ सय ५० ग्राम तितेपाती र १० ग्राम सेन्ट राखेर तैयार भएको कच्चापदार्थलाई फ्रेममा हालेर १० मिनेट पछि निकाल्न मिल्नेछ । यहि रित अनुसार काम गर्दै जादा एक जनाले दिनमा २ सय वटा सम्म बनाउन सकिने श्रोतको दाबिछ ।

बनकरिया महिला बिकास संघको सक्रियतामा आयोजना भएको तालिमको उद्घाटनमा आउने अतिथिलाई गिट्ठाको माला लगाई स्वागत गरेका थिए । उत्पादन भएर बजार सम्म पुग्दा प्रती पिस ५० रुपैयाँमा बेच्न सकिने यो साबुन तालिमको लागि ५ लाख ८ हजार रकम छुट्टयाइएकोछ । उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण हेटौंडा मकवानपुर प्रायोजनमा देशभित्रका अति सिमान्तकृत समुदायकाको लागि सिपमुलक कार्यक्रम सन्चालन भईरहेकोछ । आफुहरुले तालिमको क्रममा उत्पादन गरेको साबुन मनहरी महोत्सबमा पालिकाको संरक्षकत्वमा प्रदर्शनी तथा बिक्रीको लागि राखिने भए पछि प्रशिक्षार्थीहरु खुसी देखिन्थे । एक महिना सम्म चल्ने तालिमको समापन यहि फाल्गुन ९ गते हुनेछ । कार्यक्रम संघका अध्यक्ष माया बनकरियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.