झुरझुरेलाई जनयुद्ध संग्राहलय बनाउन जरुरी छ : माओबादी केन्द्र महासचिव गुरुङ

नेपाल कम्युनिस्ट पार्टी नेकपा माओबादी केन्द्रका महासचिव देब प्रसाद गुरुङले मकवानपुरको एतिहासिक स्थल झुरझुरेलाई जनयुद्ध संग्राहलय बनाउन जरुरी रहेको बताउनुभयो । सोमबार  मकवानपुर जिल्ला पुर्ब जनमुक्ति सेनाको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

बागमती गाउँपालिका वडा नम्बर ४ मा पर्ने झुरझुरेको युद्धमा परेर २९ जना जनमुक्ति सेनाका सेनाहरुले सहादत प्राप्त गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पार्टी महासचिव गुरुङले सहादत प्राप्त गर्नुभएका स्थलको अनुगमन समेत गर्नु भयो ।अझै पनि महान सहिद , घाईते तथा बेपत्ता योद्धाहरुले देखेको सपना पूरा नभएको भन्दै समाजबादको लागि अझै संघर्ष जारी नै रहेको बताउनुभयो ।

कार्यक्रममा युद्ध भएकै दिन अर्थात २०६२ माघ ८ गतेका दिन जन्मिएका युद्धबिरको जन्मोत्सव पनि मंचमै मनाएको थियो । भीषण लडाईका बिच लडाईको मैदानबाट गोला र बारुदको प्रवाह नगरिकन  जनमुक्ति सेनाले रेस्क्यु गर्दै सुरक्षित स्थानमा पुर्याएका थिए । बिडम्बना उहीँ जनमुक्ति सेना तत्कालिन शाही नेपाली सेनाको गोलिको सिकार हुँदै सहादत प्राप्त गर्न पुगेको थियो ।

जनमुक्ति सेनाहरुले उठाईएको प्रश्नको  जवाफमा घाईते तथा बेपत्ताको समस्या समाधान गराउने विधेक पास यसै गठबन्धन सरकारले गर्ने तैयारी गरिरहेको बताउनुभयो । देश समाजबाद तर्फ लैजान कुनै एक कम्युनिस्ट घटकले मात्र नसक्ने भन्दै झन्डै  दुई तिहाई मत प्राप्त गरेको कम्युनिस्ट पार्टी एक ठाउँमा आउनुको बिकल्प नरहेको समेत जिकिर गर्नुभयो ।

मकवानपुर जिल्लाका झुरझुरे युद्ध सहित १ सय ६ जना जनमुक्ति सेनाले सहादत प्राप्त गरेको तथ्यांक रहेकोछ भने ३ सय ६८ जना पुर्ब जनमुक्ति सेना सङ्गठित हुँदै आईरहेकोछ । भेलाले सुमन पाख्रिनको अध्यक्षतामा बिमल नेपाल सचिब र  बाँकी सबै सदस्य रहनेगरी  नयाँ कमिटी निर्माण गरेकोछ ।

युद्ध चलिरहेकै बेला नबजात शिशुलाई सुरक्षित स्थालमा पुर्याई नयाँ जीवन प्रदान गरेका युद्धवीर बजुको १८ बर्ष पूरा भएको अवसरमा जन्मोत्सव पनि मनाएको थियो । २०६२ माघ ८ गते जन्मेका उनलाई उनका आमाले हजुर आमाको काखमा ज्यान जोगाउन नबजात शिशुलाई छोडेर भागेका थिए । जनमुक्ति सेनाले नबजात शिशु र  बुढी आमालाई सुरक्षित स्थानमा लगेर राखेका थिए । युद्ध मैदानबाट पनि बाच्न सफल भएपछी उनको नाम युद्धवीर राखिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तान , त्यस्तै बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामी लगाएत पार्टिका नेता तथा पुर्ब जनमुक्ति सेनाका कमाण्डर र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.