आफ्नो वडाका स्कुले नानिबाबुलाई सम्झदै ३ परदेशीको १ सय ६५ थान बिधालय पोसाक उपहार

अस्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै आईरहेका मनहरी ९ का ३ जनाको सहयोगमा बिधालयमा पढ्ने बिद्यार्थीलाई पोसाक बितरण भएकोछ । सोमबार मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेका दुई छुट्टाछुट्टै बिधालय र अन्य गरि १ सय ६५ जना बिद्यार्थीहरुलाई पोसाक बितरण गरिएको हो ।

मनहरी ९ खरङ्गा स्थित सहिद स्मृति बाल कल्याण प्राथमिक बिधालय र ऋखेश्वर आधारभूत बिधालय मनहरी ९ ज्यामिरेमा गरि क्रमश: ५४ जना र १ सय १४ र अन्य बिधालयमा अध्ययनरत गरि १ सय ६५ जना बालबालिकालाई बिधालय पोसाक बितरण गरिएको हो ।

स्थायी घर मनहरी ९ नम्बर भई हाल अस्ट्रेलियामा रहदै आईरहेका बिमल अर्याल, सुदर्शन पराजुली र कौशिला गिरिको संयुक्त प्रयासमा पुर्ब शिक्षक तथा समाजसेवी बलराम अर्यालको सहजिकरणमा उक्त सामाग्री बितरण भएको हो । बिमल अर्याल नेपालमा रहदा शिक्षण पेशामा रहेका थिए ।

बितरण कार्यक्रमको प्रमुख अतिथी तथा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिले धनसङ्गै मन भएका साथिहरुबाट प्राप्त सहयोगले पक्कै पनि बिधालयको शैक्षिक सुधारको लागि योगदान मिल्ने बताउनुभयो ।सहयोगी दाताहरुले बोल्नुभएको कुरा पूरा गर्नुभएकोछ । सामाजिक सेवा प्रती सदैब दाताहरु निरन्तर लागि परिरहनुहुने बिश्वास ब्यक्त समेत गर्नुभयो । शिक्षा क्षेत्रको प्रतिफल राम्रो आउनुमा सबै क्षेत्रको उत्तिकै भुमिका रहने बताउनुभयो ।

त्यस्तै गरि कार्यक्रमको बिशिष्ट अतिथी तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)ले हिजोको दिनमा आफुले पाएका दु:ख अहिलेका बालबालिकाले पनि भोग्न नपरोस भन्ने हेतुले दाताहरुले पोशाक सहयोग गर्नुभएको प्रती आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पुलामि मगर ( रेखा ) ले अभिभावकलाई आफ्ना बालबालिका प्रतिको कर्तब्य बोध गरिदिन आग्रह गर्नुभयो । शिक्षा क्षेत्रको सुधारमा अभिभावकको पनि महत्वपूर्ण हात रहने हुनाले बालबालिकाको नियमित गृह कार्य , सरसफाइ ,बिधालय नियमित पठाउने जस्ता पक्षमा ध्यानदिन जरुरी रहेको भन्दै साना नानिबाबुको भबिष्यको लागि हामी सबै चिन्तित भएर लागि पर्नु आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमका अर्का अतिथी एबम वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले शैक्षिक स्तरलाई सुधार गर्ने काममा लाग्नुहुने वडा निवासी तथा परदेशीप्रती आभार प्रकट गर्नुभयो ।

यस्तै कार्यक्रमको सहजीकरण गर्नुहुने सहयोगी दाताका पिता समेत रहनुभएका बलराम अर्यालले शैक्षिक क्षेत्र सुधार गर्न सबै पक्ष मिल्न आवश्यक छ भन्दै नेपालमा रहदा आफ्नो छोरा शैक्षिक क्षेत्रमै काम गर्ने गरेको समेत उल्लेख गर्नुभयो ।

हाल अस्ट्रेलिया मेलबर्नमा आफ्नो कर्मथलो बनाउदै आईरहेका सहयोगी दाताहरुले२ लाख बराबरको बिधार्थीहरुलाई पोसाक बितरण गरेको हो । सहयोगी दाताले गत बर्ष पनि बिना कालिका आधारभूत बिधालयका बिद्यार्थीहरुलाई झोला तथा स्टेशनरीका सामान बितरण गरेका थिए । बितरण कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष , सहयोगी दाताका आफन्तहरु लगाएत बिद्यार्थीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.