माघ २७ गतेको सोनाम ल्होछार मेला भब्य रुपमा मनाउन ११ वटा उपसमिती गठन

मनहरी ७ मा अवस्थित बुद्ध शान्ति हरित पार्कमा हुन गईरहेको २८६० औं सोनाम ल्होसार मेलालाई ब्यबस्थित ढंगबाट सम्पन्न गराउन विभिन्न ११ वटा उप समिती गठन गरिएकोछ । शनिबार साङ्ग छ्योईफेल गुम्बा मनहरीको हलमा सम्पन्न बैठकले मेला सम्पन्न गर्नको लागी र मुल आयोजक समितिलाई आवश्यक सहयोग तथा सहजिकरण गर्नको लागि ११ वटा उप समिती गठन गरिएको हो ।

भेलाले आर्थिक समिती संयोजकमा शिव शंकर स्याङ्तान ,प्रचार प्रसार संयोजक गोबिन्द घलान ,कलाकार ब्यबस्थापन संयोजक -बाबू थिङ, स्टल ब्यबस्थापन संयोजक चित्र कुमारी थिङ, सरसफाई संयोजक -सगुन स्याङ्तान,स्वयंसेवक संयोजक -बाबू स्याङ्तान , त्यस्तै गरि जेष्ठ नागरिक सम्मान संयोजक लालु रुम्बा,मन्च तथा साउन्ड सिस्टम समीर ब्लोन,अतिथि सत्कार कमला लामा,पूजा पाठ-इन्द्र कुमारी मुक्तान र सम्मान-पत्र निर्माणको जिम्मा खुशीलाल मुक्तानलाई दिईएकोछ ।

आयोजकले गुम्बा स्थापना कालको गुम्बाका प्रमुख लामा लगाएत अन्य धार्मिक गुरुहरुलाई सम्मान कार्यक्रम गर्ने बताईएकोछ । बिशेष मनहरी ७,८, र ९ नम्बर वडा का गुम्बाको र्‍याली सहित उपस्थिति रहने मुल आयोजक समितीका संयोजक सुरेश मुक्तानले जानकारी दिनुभयो ।यस्तै गरि गत बर्षको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई यश बर्ष पनि दिईने भएकोछ । मङ्गोलियन टिचर्स ग्रुपको आर्थिक सहयोगमा वडा नम्बर ७ भित्रका ८० बर्ष पुगेका तामाङ समुदायका वृद्ध वृद्धालाई सम्मान गरिने टिचर्स ग्रुपका सदस्य लालु रुम्बाले जानकारी दिनुभयो ।

ल्होछार बिशेष कार्यक्रममा तामाङको मौलिकता झल्कने झाँकी प्रदर्शनी, पाठ पुजा , वृद्ध वृद्धा तामाङ अग्रजहरुबाट सामुहिक आशिर्वाद लिने लगाएत स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारको ब्यबस्थापनमा कुरा चलिरहेको जानकारी श्रोतले जनाएकोछ ।

गत बर्ष २७ जना वृद्ध वृद्धाहरुलाई सम्मान गरिएको कार्यक्रममा यस बर्ष पनि सम्मान कार्यक्रमले निरन्तरता पाउने भएकोछ ।मनकामना सामुदायिक बन क्षेत्र भित्र पर्ने बुद्ध शान्ति पार्कलाई पर्यटन क्षेत्रको रुपमा मात्र नभई मनहरी बजार आसपासका स्थानियहरुको लागि मर्निङ वाल्क गर्ने सुरक्षित स्थलको रुपमा बिकास हुदैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.