पदमपोखरीमा मानसिक स्वास्थ्य सम्बन्धी १ दिने अभिमुखीकरण

२९ पुस, हेटौंडाः
हेटौंडाको पदमपोखरीमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका तथा पदमपोखरी अस्पतालको आयोजनामा मनोसामाजिक समस्या सम्बन्धी समुदाय स्तरमा सरोकारवालाहरुलाई आज १ दिन अभिमुखीकरण गरिएको पदमपोखरी अस्पतालका सिनियर अहेव तथा कार्यक्रम व्यवस्थापक शेर बहादुर ब्लोनले जानकारी दिनुभयो ।
पदमपोखरी अस्पतालका डा. निशान अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा ५० जना भन्दा बढी सरोकारवाला तथा स्थानीयको सहभागिता रहेको कार्यक्रमको सहजीकरण गरेको संस्था ” कोशिस ” की सामुदायिक अभियानकर्ता प्रेणम वाइबाले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य धावा लामा लागायतको आतिथ्यता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.