एकता टोल बिकास संस्थाको प्रथम साधारण भेला सम्पन्न अध्यक्षमा होम बहादुर (सागर )

एकता टोल बिकास संस्थाको प्रथम साधारण भेला २०८० सम्पन्न भएकोछ । मनहरी ७ बिजौनामा संस्थाको प्रथम साधारण भेला सम्पन्न भएको हो । भेलाले नयाँ समितिलाई अनुमोदन समेत गरेको गरेकोछ । संस्थाको नयाँ नेतृत्वमा होम बहादुर बिश्वकर्मालाई सर्बसम्मत चयन गरेकोछ ।

मनहरी ७ नम्बर वडामा ७ वटा टोल बिकास संस्था रहेकाछन्। सबै भन्दा पुरानो टोल बिकास संस्थाको रुपमा रहेको एकता टोल बिकासको स्थापना बि.स. २०७७ माघ १८ गते स्थापना गरिएको थियो । तत्कालिन अध्यक्ष लाल सिंह थिङको अध्यक्षतामा स्थापना गरिएको संस्थाले स्थापनाको ४ बर्ष पछि प्रथम पटक भेला भएको हो । भेलामा बोल्दै मनकामना सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सुरेश कुमार मुक्तानले
टोलको आवश्यकता टोलबासीलाई थाहा हुन्छ भन्दै अब आफ्नो ठाउँको बिकास मोडल कस्तो बनाउने टोल बिकासको हातमा रहेको बताउनुभयो । मनकामना सामुदायिक बनको संरक्षण र सम्बर्द्धनमा उक्त टोल बिकास संस्थाको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । मुक्तानले अब टोल बिकास संस्थाले बस्तिको दीर्घकालीन ब्यबस्थापनमा ध्यान दिनुपर्नेमा त्यता तर्फ लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मनहरी ७ नम्बर वडाको कार्यबाहक वडा अध्यक्ष नवराज सुबेदीले कार्यक्रमको सफलताको शुभकामना दिदै अब सबै टोल बिकास संस्था दर्ता भएर जानुपर्ने बताउनुभयो ।

टोल बिकास संस्थामा अहिले ६२ घरधुरी आवद्ध रहेकोछ । संस्थाको ४ बर्षसम्मको अडिट रिपोर्ट अध्यक्ष बिश्वकर्माले पढेर सुनाएका थिए । मासिक बचतलाई १ सय पचास बनाउने र विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागिता जनाउने भन्दै नव निर्मित समितिले टोल बासी सबैको साथ र सहयोग आवश्यक रहेकोले सबै मिलि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । नब निर्मित समितीको अध्यक्षमा होम बहादुर बि.क. उपाध्यक्ष यसोदा सिटौला, सचिब रस्मिला खनाल रहेकाछन् त्यस्तै सदस्यहरुमा कमल बहादुर बि.क.,श्याम बहादुर राई,बस्ती माया मोक्तान,सानू माया मोक्तान,दिल माया अर्याल,उमा परियार र हेम बहादुर ब्लोन रहेकाछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.