राक्सिराङ्ग कृषि हाट बजार नयाँ ब्यबस्थापनमा संचालन हुने माघ १ को ब्यबस्थापकको जिम्मा ३ नम्बरलाई

राक्सिराङ्ग गाउँपालिकामा उत्पादित रैथाने बालिको प्रबर्द्धन र बजारीकरणको उद्देश्यले संचालित कृषि हाट बजार नयाँ ब्यबस्थापन सहित सन्चालन हुने भएकोछ ।

पालिकाको आर्थिक समितिको पौष २६ गते बसेको बैठकले कृषि हाट बजार ब्यबस्थापनमा नयाँ तरिका अपनाएको हो । प्रत्येक महिनाको १ र १५ गते लाग्ने कृषि हाट बजारको नयाँ नियम लागू सङ्गै प्रत्येक वडाले एक पटक ब्यबस्थापकको रुपमा रहनु पर्नेछ । माघ १ गते हुने बजारको ब्यबस्थापन ३ नम्बर वडाले गर्नेछ ।

गाउँपालिका वडा अध्यक्ष सम्मीलित बैठकद्वारा कृषि हाट बजारलाई प्रभावकारी बनाउन र पालिका भित्र रहेका सबै वडाहरुको सहभागिता अनिवार्य गराउनको लागि नयाँ कार्यतालिकाले मद्दत पुग्ने पालिका अध्यक्ष राजकुमार मल्लले बिश्वास ब्यक्त गर्नुभयो । यस्तै माघ १ गतेको ब्यबस्थापकको जिम्मा पाएको राक्सिराङ्ग ३ नम्बरले कृषि हाट बजारको लागि आफ्नो वडा तयार रहेको वडा अध्यक्ष उत्तम वाईबाले जानकारी दिनुभयो ।

कृषि हाट बजारमा रैथाने बालीको प्रबर्द्धनका साथै स्थानिय कला, सस्कृती एबम साहित्य क्षेत्रको प्रदर्शनी रहनेछ । माघ १ गते हुने हाट बजारको ब्यबस्थापनले वडा नम्बर ३ ले गर्दैछ भने वडा नम्बर ८ ले माघ १५ गते, वडा नम्बर ७ ले फाल्गुन १ गते, वडा नम्बर ६ ले फाल्गुन १५ गते,वडा नम्बर ५ ले चैत्र १ गते,वडा नम्बर ४ ले चैत्र १५ गते,वडा नम्बर ९ ले बैशाख १ गते, वडा नम्बर २ ले बैशाख १५ गते,वडा नम्बर १ ले जेष्ठ १ गते र जेष्ठ १५ गते विभिन्न बिधाहरु , उत्कृष्ट ब्यबस्थापक सहभागीलाई सम्मान तथा पुरस्कारको गर्ने कार्यक्रम रहनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.