उपाध्यक्ष कोषबाट रमौली,रमनटार र बिजौनालाई कल्भटले जोड्दै

मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटार,रमौली र बिजौना जोड्ने कल्भटको शिलान्यास भएकोछ । गाउँपालिला उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले बुधबार बिहान नरिवल फुटाएर बिधिवत रुपमा कार्यको शुरूवात गर्नुभएको हो ।

लामो समय पस्चात गाउँबासीलाई जोड्ने कार्यमा हामी सफल भएकाछौं भन्दै बिशेष गरि किसानलाई खेतमा जान आउन र रमौली,बिजौनाबाट पढ्न आउने बिद्यार्थीको लागि निक्कै राहत मिल्ने बताउनुभयो। उक्त योजनाका लागि स्थानिय जनताको आवाज लामो समय देखि उठ्दै आएको थियो । स्ल्याब निर्माण भएपछि तीन वटा टोलका घरधुरीले प्रत्यक्ष लाभ लिनेछ । तोकिएको समयमै निर्माण सम्पन्न हुँदै पालिकाकै नमुना योजनाको रुपमा यस योजनालाई लिन पाईयोस् भन्दै चाडै उद्घाटन गर्न पाईयोस् भन्दै शुभेच्छा ब्यक्त गर्नुभयो ।

यस्तैगरी मन्तव्यकै क्रममा वडा नम्बर ७ का अध्यक्ष ठाकुर राम तितुङले यो योजना सम्पन्न भएपछी किसान देखि बिद्यार्थीहरुलाई सहजता मिल्ने र बिशेष रमनटारको लाईफ लाईन बन्ने बिश्वासब्यक्त गर्नुभयो। साथै स्ल्याब निर्माण कार्यमा बजेट बिनियोजित गर्दिनुभएकोमा उपाध्यक्ष मगरलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

रमनटारको  रबिन स्मृति कभर्डहल हुँदै बसपार्क र मानेडाडा  हुँदै रमौली जाने सडकलाई जोड्न खोल्साले अबरोध गर्दै आईरहेको थियो । गाउँपालिका उपाध्यक्ष कोषबाट खर्च हुनेगरी ११ लाख रुपैयाँ छुट्टिए लगतै योजना बन्ने पक्का भएको थियो । यस्तै गरि वडाको सिलिङ बजेटबाट २ लाख रुपैयाँ रकमान्तर गर्दै थप रकम जुटेको हो । भने जन श्रमदानबाट २ लाख ७६ हजार रुपैयाँ काम हुने भए पछि १५ लाख ७६ हजार रुपैयाँ बराबरको काम हुने भएको हो ।

निर्माण हुन लागेको स्टोन मेसन्री स्ल्याबको ४ मिटर चौडाई र ६.५ मिटर लम्बाई रहनेछ । ५ मिटर लम्बाई र ३ मिटर उचाई रहेको भागबाट पानी निकास हुनेछ।

स्ल्याब निर्माण समिती अध्यक्ष दिपक मुक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गरि वडा नम्बर ७ का अध्यक्ष ठाकुर राम तितुङ बिशेष अतिथि , मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेती , योजना शाखा प्रमुख राजेन्द्र चौलागाई, ७ नम्बर वडा सदस्य नवराज सुबेदी, पालिका प्राबिधिक प्रमुख टुकु चौधरी लगाएतकाको आतिथ्यता रहेको थियो । योजनाको लागत अनुमानलाई आधार मान्नेहो र निरन्तर कार्य हुने हो भने माघ महिना भरी सम्पन्न हुने असिस्टेन्ट सब ईन्जिनियर सुजन नेपालले बताउनुभयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.