राक्सिराङ्ग गाउँपालिकाको १५ औं गाउँसभामा मुख्य मन्त्री जम्कट्टेलको प्रमुख आतिथ्यता रहने

राक्सिराङ्ग गाउँपालिकाले १५ औं गाउँसभाको लागि सम्पुर्ण तैयारी सकेको छ । पालिकाको केन्द्र चैनपुरमा हुने पालिकाको हिउँदे अधिबेशनमा बागमती प्रदेशको मुख्य मन्त्री माननीय शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहनेछ । मुख्य मन्त्री जम्कट्टेलको समय पौष २३ गतेलाई निश्चित भए लगतै भोलि अर्थात पौष २३ गते पालिकाको गाउँसभा राखिएको हो ।

यस अघि पौष १३ गतेलाई अधिबेशन आह्वान गरिएको थियो । मुख्य मन्त्रीको समय नमिले पछि पौष २३ गतेलाई निश्चित गरिएको थियो । हिउँदे अधिबेशनमा मुख्य मन्त्रीसंगै मकवानपुर जिल्ला प्रतिनिधि सभा संसद माननीय महेश कुमार बर्तौला, मकवानपुर जिल्ला निर्बाचन २ ख बागमती प्रदेश सभा सदस्य संसद माननीय ईन्द्र बहादुर बानियाँ, संविधान सभा सदस्य गोबिन्द राम चेपाङ , पुर्ब बागमती प्रदेश सभा सदस्य तथा राज्य मन्त्री माननीय सन्त बहादुर चेपाङ, पुर्ब बागमती प्रदेश सभा सदस्य माननीय ओम बहादुर गलान , मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलान लगाएत अन्य ब्यक्तित्वको आतिथ्यता रहने गाउँपालिकाले जनाएकोछ ।

गाउँपालिकाले आफ्नो १५ औं हिउँदे अधिबेशनबाट संरक्षणको स्वायत्त क्षेत्र घोषणासंगै रणनैतिक योजनाहरुमा मुख्य मन्त्री , संघिय संसद, प्रदेश संसद पुर्ब माननीय लगाएत अन्य सम्बन्धित सरोकारवालाहरुसंग एउटै मंचमा रहेर छलफल तथा ऐक्यबद्धता गराउने उद्देश्य लिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । साथै यो सभा पालिकाको गौरबको योजना अन्तर्गत रहेको मनहरी मलेखु सडक खण्ड र चैनपुर खरङ्गा सडक खण्डको विषयमा मुख्य मन्त्री तथा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संसदलाई योजना सम्पन्नताको लागि सहजिकरणमा आधार स्तम्भ बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सभामा रणनैतिक योजना बाहेक अन्य कार्यक्रम समेत समाबेश गरिएको पालिकाले जनाएकोछ । सभामा उत्कृष्ट कृषक , कर्मचारी , सहकारी , पत्रकार लगाएत अन्य बिधामा सम्मान तथा पुरस्कृत गरिने कार्य तालिका रहेकोछ । कार्यक्रमको औपचारिक उद्घाटन बिहान ११ बजे हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.