सिमान्तकृत समुदायका २७ बिपन्न बिधार्थी परिवारलाई हिमराईट्सद्वारा खाद्यान्न सहयोग

सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व बिकास कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका लागि खाद्यान्न सामाग्री बितरण सम्पन्न भएकोछ । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ चैनपुरमा अवस्थित प्रजा जागृती माध्यामिक बिधालयमा अध्ययनरत २७ जना बिद्यार्थीका परिवारलाई हिमराईट्स मकवानपुरले खाद्यान्न सहयोग गरेको हो ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा सस्थाले खाद्यान्नका सामाग्री बितरण गरेको हो । बितरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले बिधालयको भौतिक संरचना र शिक्षक ब्यबस्था गर्ने काम पालिकाको भएको र बिद्यार्थीलाई बिधालय पठाउने काम अबिभावकको रहेको बताउनुभयो । प्रजा जागृतीको मामलामा शिक्षकको ब्यबस्था लगाएत अन्य ब्यबस्थापनमा कमिकमजोरी भएको स्विकार्दै आफ्नो ध्यान अलि बढी बिधालय प्रती रहेको बताउनुभयो ।


बिधालयलाई अब छिट्टै नयाँ ब्यबस्थापन सहित अगाडि बढ्ने भन्दै पालिकाको एसईई परिक्षाको केन्द्रको रुपमा लैजाने बताउनुभयो ।

संस्थाले बिगद ६ बर्ष देखि निरन्तर मकवानपुर विभिन्न बिधालयमा एक सय बिद्यार्थीको लागि शैक्षिक सामाग्री,
पोशाक,खाद्यान्न र बिधार्थीका अबिभावकहरुलाई जिबिकोपार्जन स्वरुप तालिम,प्रबिधी , सीप एबम बीउ हस्तान्तरण गर्दै आईरहेकोछ । यस्तै गरि बिद्यार्थीको शैक्षिक गुणस्तर सुधारको लागि निशुल्क ट्युसन कक्षा संचालन गर्दै आईरहेकोछ । त्यस्तै वार्षिक तीन पटक बिद्यार्थीका परिवारलाई खाद्यान्न बितरण गर्दै आईरहेको संस्थाका संयोजक कुमारी वाईबाले बताउनुभयो । खाद्यान्न सहयोग कार्यक्रम अन्तर्गत एक बोरा चामल , तेल , मसला ,नुन,चिउरा लगाएत अन्य रहेको थियो ।

Core international क्यानडाको आर्थिक सहयोगमा हिमराईट्स मकवानपुरले मनहरी र राक्सिराङ्ग गाउँपालिकाका ४ वटा बिधालयहरु प्रजा आधारभूत बिधालय मनहरी ३ मा २७ जना , सगरमाथा आधारभूत बिधालय मनहरी६ मा २१ जना , प्रजाजागृती माध्यमिक बिधालय राक्सिराङ्ग ५ चैनपुरमा २७ जना र सुर्योदय माध्यमिक बिधालय राक्सिराङ्ग ३ पलासेमा २५ जनालाई सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व बिकास कार्यक्रम मार्फत सहयोग गर्दै आईरहेकोछ ।

बिधालयका प्रधानाध्यापक सुर्य बहादुर प्रजाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशी लाल चेपाङ, हिमराईट्स मकवानपुर संयोजक कुमारी वाईबा ,पत्रकार तथा सन्चारकर्मी शिव कुमार रिजाल ( काशी ) लगाएत अन्य सन्चारकर्मीको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण माया लामाले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.