माओबादी केन्द्र राक्सिराङ्ग ८ को नेतृत्वमा यम कुमार

 

माओबादी केन्द्र राक्सिराङ्गले वडा कमिटिको गठन सम्मेलन मार्फत गर्दै आईरहेकोछ। यसै बिच राक्सिराङ्ग ८ नम्बर  वडाको नेतृत्व चयन गर्ने कम सम्पन्न भएकोछ । शुक्रबार सम्पन्न सम्मेलनले यम कुमार चेपाङको  नेतृत्वमा २९ सदस्यीय वडा कमिटी चयन गरिएको माओबादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष हस्त बहादुर मुक्तानले जानकारी दिनुभयो ।

सम्मेलन मार्फत सुदिप मुक्तानको नेतृत्वमा २५ सदस्यीय वाइसीएल वडा कमिटी, रेखा रुम्बाको नेतृत्वमा १५ सदस्यीय महिला कमिटी , क्षेत्र बहादुर तितुङको नेतृत्वमा १५ सदस्यीय तामाङ मुक्तीमोर्चा र सोम बहादुर प्रजाको नेतृत्वमा चेपाङ मुक्तिमोर्चा गठन गरिएको गाउँ  कमिटी अध्यक्ष हस्त बहादुर मुक्तानले जानकारी दिनुभयो ।

वडा सम्मेलनको  क्रममा नेकपा विप्लव परित्याग गरी सन्देश प्रजाको नेतृत्वमा दुई दर्जन नेता कार्यकर्ता सहित  नेपाली काँग्रेस परित्याग गरी ८ नं. वडाका उप -सभापति आईतसिङ प्रजाको नेतृत्वमा  एक दर्जन नेता कार्यकर्ता (माओवादी केन्द्र) मा प्रवेश गरेको हो । नब प्रबेशी टोलिलाई कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथ मकवानपुर निर्बाचन क्षेत्र २ ईन्चार्ज वीर बहादुर घलान ( ज्वाला) ले अबिर लगाएर स्वागत गर्नुभएको थियो । माओबादी केन्द्रमा जनताको आशा र भरोसा रहेको भन्दै प्राप्त उपलब्धीको रक्षा गर्दै थप अधिकारको लागि लड्ने बेला आएको बताउनुभयो । २१ औं शताब्दीमा जनतानै सबै भन्दा ठूलो हतियार भएको भन्दै जनताकै बलमा स्थापित संघियताले बिकासको लहर ल्याएको बताउनुभयो । कार्यक्रममा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र २ ख ईन्चार्ज तथा राक्सिराङ्ग ८ का निर्बाचित वडा अध्यक्ष हबिल प्रजा , गाउँ कमिटी अध्यक्ष हस्त बहादुर मुक्तान लगाएत अन्य नेता तथा कार्यकर्ताको आतिथ्यता रहेको थियो । पार्टी वडा अध्यक्ष यम कुमार चेपाङको अध्यक्षतामा सम्मपन्न सम्मेलनको सहजीकरण वडा पार्टी सचिब प्रदिप स्याङ्तानले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.