मनहरी २ को १ हजार ६ सय मिटर स्ल्याब ढलान उपाध्यक्ष पुलामीद्वारा शिलान्यास

मनहरी गाउँपालिका वडा नम्बर २ को महत्वाकांक्षी योजना अन्तर्गत रहेको योजना पालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)ले शिलान्यास गर्नुभएकोछ । तीन तले चोक ( भिमान सहिद चोक) मा शुक्रबार बिहान एक कार्यक्रमका बिच स्ल्याब ढलानको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै उपाध्यक्ष पुलामी मगर ( रेखा) ले बोल्नु र काम गर्नु फरक हिने भन्दै हामी काम गरेर देखाउने बताउनुभयो । समृद्ध मनहरीको अभियानलाई यो योजनाले निक्कैनै महत्वपूर्ण योगदान पुर्याउने समेत बताउनुभयो ।

योजना सम्पन्न भएपछी तीन तले चोक ( भिमान सहिद चोक ) देखि भिमान सहिद गेट १किलो ६ सय मिटर आर सिसि र पि सिसि ढलान हुनेछ ।

चालू आर्थिक बर्ष २०८०/०८१ सालको बागमती प्रदेश सरकारको समपुरक बजेटमा मनहरी गाउँपालिकाको आधा र बागमती प्रदेश सरकारको आधा गरि १ करोड ८० लाख बजेट छुट्टयाइएको थियो । ठेक्का प्रकृयामा स्यार्से कालिका बिल्डर्स हेटौंडाले १ करोड १५ लाखमा टेण्डर पारी काम अगाडि बढाएको हो ।

विधि र प्रकृयालाई आत्मसात गर्दै बिकास कार्यलाई अगाडि बढाए मात्र सहि रुपमा बिकासले लय लिने भन्दै गुणस्तरीय कार्यको लागि स्थानिय जनताले निगरानी गर्नुपर्ने भन्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले जनतालाई सजक रहन आग्रह गर्नुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिनले उक्त योजना सम्पन्न भए पछि सदियौं देखि हिलाम्य बाटो भएर हिड्नुपर्ने बाध्यताबाट मुक्ती पाईने भन्दै बिकासको शुरुवात शहरबाट होईन गाउँबाट हुनुपर्ने बताउनुभयो । सदियौं देखिको केन्द्रीकृत बिकास रणनितीको कारण जनताले दु:ख पाएको भन्दै देशमा गणतन्त्र आएसंगै राज्यको शासन प्रणाली परिबर्तन भई बिकेन्द्रीकृत राज्य शासन प्रणालीको ब्यबस्थाले गाउँ – गाउँमा बिकासको लहर छाउन थालेको बताउनुभयो । मनहरी २ नम्बर वडाको महत्वाकांक्षी योजना संचालनमा आएसङ्गै स्थानिय बासिन्दाहरुले अब भने आफ्नो गाउँले पनि बिस्तारै आधुनिक समाजको बाटो समातेकोमा जनप्रतिनिधिलाई धन्यवाद दिएकाछन्।

शिलान्यास कार्यक्रममा मनहरी गाउँपालिका योजना शाखा प्रमुख राजेन्द्र चौलागाई, पालिकाका प्राबिधिक राजु ठाकुर ,२ नम्बर वडा प्राबिधिक सरिता कालाखेती लगाएत अन्य जनप्रतिनिधि र स्थानियको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.