गाउँ गाउँबाट फेरि जुर्मुराउदै माओबादी : राक्सिराङ्ग १ मा पार्टी प्रबेशको लर्को

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर १ मा दोश्रो वडा सम्मेलन सम्पन्न गरेकोछ ।

माओबादी बिशेष रुपान्तरण अभियान अन्तर्गत टोल टोलमा कमिटी गठन गरिसकेको उक्त पार्टीले पौष १८ गते बुधबार एक कार्यक्रमका बिच वडा सम्मेलन सम्पन्न गरेको हो । पार्टी वडा कमिटि संयोजक विनोध गोलेको अध्यक्षतामा भएको सम्मेलनले सिङ्ग राम थोकरको अध्यक्षतामा २९ सदस्यीय नयाँ वडा कमिटी चयन गरिएको नेकपा माओबादी केन्द्र राक्सिराङ्ग गाउँकमिटी अध्यक्ष हस्त बहादुर मुक्तानले जानकारी दिनुभयो । यस्तै गरि सम्मेलनमार्फत आईते सिङ घलानको नेतृत्वमा २१ सदस्यीय वाईसिएल वडा कमिटि र बिनिता लामाको नेतृत्वमा १३ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) वडा कमिटि गठन गरिएको गाउँ कमिटी अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।


सम्मेलनमा दर्जनौको संख्या अन्य पार्टी छोडी माओबादी केन्द्रमा प्रबेश गरेका थिए । नब प्रबेशीहरुलाई माओबादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य एबम सम्मेलनका प्रमुख अतिथी वीर बहादुर घलान ( ज्वाला) ले अबिर लगाएर स्वागत गर्नुभएको थियो । मन्तव्यकै क्रममा प्रदेश कमिटी सचिवालय सदस्य ज्वालाले जसरी आफ्नो सन्तान माया खुद आमा बुवालाई भए जसरी संघियता, धर्मनिरपेक्षता , लैङ्गिक समानता, दमन तथा बिभेदको अन्त्य माओबादी केन्द्रको शशस्त्र जनयुद्धको जगमा प्राप्त भएको भन्दै यसको रक्षा गर्ने अहम भुमिका पार्टी संबद्ध नेता कार्यकर्ताको भएको भन्दै देश संघियतामा गएपछी बिकासको लहर गाउँ – गाउँ पुगेको भन्दै बिकास बिरोधीहरु दमन र घुसपैठ गर्न नपाएको झोकमा फेरि सल्बलाउन थालेकाले जनताले त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै सम्मेलनका बिशेष अतिथी बागमती प्रदेश कमिटी सदस्य तथा राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले जनताको समस्या बुझ्न र जनता माझ पुग्न चुनाव आउन नपर्ने भन्दै जनताको गुनासो सुन्न र पार्टीको कमिकमजोरीलाई केलाउदै सुदृढ ढंगले पार्टीलाई अगाडि बढाउन जनताको माझमा आएको बताउनुभयो ।

नब प्रबेशी स्थानिय कार्यकर्ताहरुले गाउँमा काम गर्ने उम्मेद्बारलाई नजिताएको प्रती दु:ख लागेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्‍याउने र सबै एकजुट भएर पार्टी नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। सम्मेलनमा पार्टिका प्रदेश कमिटी देखि स्थानिय तहसम्मका नेता कार्यकर्ताको आतिथ्यता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.