एउटै पुस्तामा समृद्ध बनाउने लिम्चुङबुङको सपना नियाल्दा —प्रदीप वालाचन

क्रमश: बाँकी अंक
कार्यक्रमको भव्य तयारी थियो । विभिन्न वडाहरुबाट जनता आईरहेका थिए, कोही गाडीबाट । कोही पैदल । नेपाली तारा दिपक लिम्बु, फुलन्देको आमा (उमेश राई) लगायत स्थानीय कलाकारहरु कार्यक्रममा आउँदै गरेकोले र मेजर राईलाई साथ दिन भनेर बुढाबुडी देखि बालबालिका समेत आइरहेका थिए । कार्यक्रम थियो “एउटै पुस्तामा गाउँलाई समेद्ध बनाउने महाअभियान घोषणा कार्यक्रम’’ । मञ्च तयार भइसकेको थियो । गीत बजिरहेको थियो । उद्घोषकले उपस्थित महानुभावहरुलाई मिलेर बस्न अनुरोध गरिरहेका थिए । जानकारी गराईरहेका थिए विभिन्न कुराहरु बेला बेला माइक आफै लिएर अभियानको बारेमा बोल्दै थिए अध्यक्ष मेजर राई ।

कार्यक्रम उद्घोषण सँगै अध्यक्ष मेजर कुमार राईको सभा अध्यक्षता र त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम अगाडी बढ्यो । ढिला गरी शुरु भएको कार्यक्रम हाम्रो लागि घाँटीमा अड्केको पिपलमेन्ट भइरहेको थियो किनकी हामीलाई मकवानपुर आइपुग्नु थियो । समयले २ बजाईसकेको थियो । कार्यक्रममा अध्यक्ष जस्तै जुझारु उपाध्यक्ष पुष्पलाल राईले सोचपत्र वाचन गर्दै थिए । वाचित सोचपत्रको पृष्ठ र बाँकी पृष्ठ हिसाब गर्दा अरु थप ३ घन्टा लाग्ने अनुमान गरी मन यतै छोडेर ज्यान हिंड्नु पर्छ भनेर बिदाईको अनुमति मागें अध्यक्ष ज्यु सँग । मैले वाचित सोंचपत्र एकप्रति मागेर लिएँ ।

सभाध्यक्ष र प्रमुख अथितिको अलवा ताप्ली गापा का अध्यक्ष ढुङ्गराज विश्वकर्मा, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणि कार्की, पर्यटक व्यवसायी एवं पर्यटन सल्लाहकार राम सुन्दर बडेक, सुमन परियार नेका नेता, भक्त बहादुर राई ताप्ली गापाका प्रमुख प्रशाशकीय अधिकृत, तिलक कटुवाल त्रियुगा—३ का वडा अध्यक्ष, लक्ष्मण राई नेका नेता, रमिला राई लिम्चुङबुङ गापाका पहिलो उपाध्यक्ष, गोबिन्द चाम्लिङ नेका नेता, युवराज पराजुली —जि.उ.वा. संघ, प्रदीप देउजा — जि.उ.वा. संघ र राजकुमार राई एमाले नेता लगायत सबै सँग हात हल्लाएर छुट्यौं ।

हामीले धेरै कुरा नियाल्यौं । हो , लिम्चुङबुङको जमिन नियाल्यौं । सीमा नियाल्यौं । जनता नियाल्यौं । हिजो लडाई भएका ठाऊहरु नियाल्यौं । त्यहाँको अभाव नियाल्यौं । समस्या नियाल्यौं । अवसरहरु नियाल्यौं । चुनौतीहरु नियाल्यौं । त्यहाँका दीर्घकालिन सोंचहरु र रणनीतिहरु नियाल्यौंं । सोंचपत्र नियाल्यौं ।

विगतका प्रयासमा निकालिएका परिणामको विवरण सहित समिक्षा गरिएको छ र सोंचपत्रमा भनिएको छ — ‘स्थानीय तहहरुले आफुसँग जे छ त्यही बिक्री गरेर आत्मनिर्भर बन्नुको विकल्प छैन । स्थनीय तहहरुसँग भएको Nature, Culture र Agriculture बेचेर मात्र सम्पन्न हुन सक्छ । यी अनुपम प्राकृतिक स्रोतलाई बेच्नका लागि सडक सञ्जालको आबद्धता अनिवार्य शर्त हो । Road Connectivity मार्फत् Nature, Culture र Agriculture बिक्री गरी विकासलाई स्थानीयकरण गर्नका लागि यो एकै पुस्तामा गाउँलाई समृद्ध बनाउने महाअभियानको सोंचपत्र—२०८० जारी गरिएको छ ।

हामी मिलेर हाम्रो गाउँको विकास गर्छौं भन्ने अभियान वि.सं. २०७९ मा सञ्चालन गरेको छ । यसले आम्दानीको स्रोत बढाउन, आयआर्जनमुखी काम गर्न, परिवार सुखी र खुशी बनाउन, आत्मीयता, सद्भाव, शैक्षिक प्रगति शैक्षिक सुधार, उद्यमी बन्ने वातावरण कायम गर्न ५४ वटै टोल विकासमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कृषिमा, शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, उत्पादित वस्तुको बजार व्यवस्थापन, पशुक्षेत्रमा गरेका प्रयास र प्रगतिको स्पष्ट तथ्यांक अध्ययन गर्न सकिन्छ । गाऊपालिकाका गौरवका योजनाहरु लिपिबद्ध उल्लेख गरिएका छन् । त्यसको तथ्यांक र प्रगति परिणाम स्पष्ट लेखिएका छन् ।

यो महाअभियानको नारा तय गरेको छ — “दिगो पूर्वाधार विकास, स्थानीय आर्थिक संरचनाहरुको विस्तार, उत्पादन र उत्पादकत्वमा बृद्धि, पर्यटन प्रबर्द्धन’’
यसको उद्धेश्यहरु किटान गरिएका छन् । Road Connectivity मार्फत् Nature, Culture र Agriculture बिक्री गरी गाउँ र सहर दुबैलाई समृद्ध बनाउनु लगायतका छन् ।

यी उद्धेश्यहरु हासिल गर्नका लागि संस्थागत संरचना बनाइएको छ । महाअभियान सञ्चालन कार्यसमिति कार्यकारी समितिको रुपमा रहने गरी वडा स्तरीय कार्यसमिति, अन्तर स्थानीय तह कार्यसमिति, वैदेशिक सहयोग तथा समन्वय समिति, सल्लाहकार समिति, सूचना सञ्चार समिति गठन गरी त्यसको वित्तीय व्यवस्थापन अन्तर सरकारी समन्वय साझेदारी र व्यापक जनसहभागिताको माध्यमबाट गरिने भनेर निधो गरिएको छ ।

यी हरफहरु पढिरहँदा त्यहाँको कार्यपालिका ,गाउँ सभा, राजनीतिक दलहरु र जनताले संघीयताको मर्मलाई गहिरो सँग आत्मसातीकरण गरेको स्पष्ट हुन्छ । गाउँको विकास नगरी नेपालको समृद्ध फोस्रा गफ हुन् र गाऊका जनता धनी नबनाई सहरका आंशिक मान्छे धनी या सुखी बनेर देशको अवस्था बदलेको मान्न सकिदैन । तसर्थ व्यबस्थाको सबलीकरण निम्ति वित्तीय व्यवस्थापन र चलायमान गर्न जरुरी छ । मानव संसाधनको प्रभावकरी परिचालन र उपयोग गर्न जरुरी छ । यो बाटो तिर लम्कने कोशीसमा रहेको लिम्चुङबुङको अभियानलाई अरु स्थानीय तहहरुले पनि सिक्न लायक छ । स्वभाविक रुपमा मानव जनशक्तिलाई उत्पादनसँग र उत्पादनलाई प्रविधिसँग जोडे स्वत रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने दृढ इच्छाशक्ति र आत्मविश्वास सबैको लागि अनुकरणीय कुरा हो ।

अतः साविकको बाँसबोटे, ताम्लिछा, बाराहा, बलम्ता र जाँते गाविसलाई एकीकृत गरी बनाइएको उत्तरी भेगको विकट गाउँपालिकामा आफ्नो पहिलो कार्यकाल र दोस्रो कार्यकालको अवधिमा विभिन्न क्षेत्रमा गरेको प्रयासले केही बिकास र सुधार भएको भएपनि दीर्घकालिन हिसाबले सुन्दर र समृद्ध गाउँपालिका र सुखी र धनी जनता बनाउनको निम्ति पुरै दिलोज्यानले लाग्ने प्रतिबद्धता गरिएको छ । अब हामी सबैले लिम्चुङबुङको यी सारा सह्रानीय कदमहरुलाई अनुशरण गर्ने कोशीस गरौं । तपाईंको गाऊ बन्ने भनेकै नेपाल बन्ने हो । तपाईले प्राप्त गर्ने खुशी नै जनताको खुशी हो । लिम्चुङबुङले अपेक्षित उपलब्धी जसरी पनि हासिल गर्न सकोस् शुकभामना छ लिम्चुङबुङ गाऊपालिकालाई ।

एउटै पुस्तामा समृद्ध बनाउने लिम्चुङबुङको सपना निदाएको बेला देखेको सपना होइन, बरु निदाउन नदिने सपना हो । आज जुन जागरण देखिएको छ त्यो जागरण गुणात्मक ढङ्गले बढोस् शुभेच्छा छ । त्यसो त ए.पि.जे. अब्दुल कलाम भन्छ — ‘सपना त्यो होइन जो निदाएको बेला देखिन्छ सपना त्यो हो जसले निदाउन दिदैन ।’ त्यो सपनाले तपाई अरु जस्तो होइन, तपाईलाई तपाई जस्तै बनाउनेछ र तपाईको गाउँपालिकालाई लिम्चुङबुङ जस्तै बनाउनेछ, समृद्ध, हराभरा र सुन्दर । लिम्चुङबङको जय होस् । तपाई हामी सबैको जय होस् । नेपालको जय होस् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.