मनहरी ३ का बाल संजाल निरन्तर सहयोगमा : थप एक जनालाई न्यानो कपडा

मनहरी गाउँपालिका वडा नम्बर ३ मा गठित बाल संजालले मंगलबार थप एक जनालाई न्यानो कपडा बितरण गरेकोछ । देउसी भैलोबाट संकलित रकमबाट थप एक जनालाई न्यानो कपडा बितरण गरिएको मनहरी गाउँपालिकाका बाल सहजकर्ता लिला माया तामाङले जानकारी दिनुभयो ।

मनहरी ३ घट्टेदमार घर भएको बालिकालाई संजालले न्यानो कपडा बितरण गरेको हो । आर्थिक अवस्था कमजोर मात्र नभई उनि शारीरिक रुपमा पनि अशक्त अर्थात अपाङ्गता छिन्। केही दिन अघि मात्र मनहरी ३ नम्बर वडाकै ६ जना गरिब तथा असहाय बालबालिकालाई १५ हजार बराबरको न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

संजालमा आबद्ध भएका बालबालिकाहरुले तिहारमा खेलेको देउसी भैलो कार्यक्रमबाट उठेको पैसाले आफ्नै उमेर समुहका बालबलिकाहरुलाई शिक्षामा पहुँच पुर्‍याउन र प्रोत्साहन स्वरुप सहयोग गरिएको हो । व्हिलचेयरको सहारामा जीवन ब्यतित गरिरहेका बर्ष १२ का अस्मिता अर्याललाई थोरै भएपनी जाडोको समयमा राहत पुग्ने बिश्वासले यो सहयोग गरिएको बाल सहजकर्ता तामाङले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाले बाल सहजकर्ताको नियुक्ती गरे संगै सबै वडामा बाल संजाल गठन भई बालबालिका सम्बन्धी गतिबिधी संचालन गरिरहेकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.