अन्तर बिधालय मनहरी राष्ट्रपति रनिङ शिल्ड बाल जीवन ज्योती मनहरी १ मकरीलाई

मनहरी गाउँपालिका स्तरीय अन्तर बिधालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएकोछ । पौष १६ र १७ गते दुई दिन सम्म संचालित प्रतियोगिता मनहरी ७ मा अवस्थित राष्ट्रिय रोटरी माध्यामिक बिधालयमा भएको हो । मनहरी १ मा अवस्थित बाल जीवन ज्योतीले प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जित्दै रनिङ शिल्ड हात पार्यो ।

त्यस्तै गरि मनहरी ६ नम्बरमा अवस्थित राष्ट्रिय माध्यमिक बिधालयले दोश्रो स्थान हासिल गर्दा युवा गङ्गा बर्ष आधारभूत बिधालय मनहरी ९ तेश्रो भए । पहिलो हुँदै शिल्ड हात पारेको मकरी स्कुलले ९ स्वर्ण जितेको थियो । त्यस्तै ४ रजत र ७ काश्य गरि कुल २० पदक जित्न सफल रह्यो । त्यस्तै गरि दोश्रो स्थानमा रहन सफल राष्ट्रिय माध्यमिक बिधालय मनहरी ६ सुनाचुरीले ५ स्वर्ण, ८ रजत र ३ काश्य सहित कुल १६ पदक हात पार्न सफल भएको थियो । समान ५ स्वर्ण जितेको मनहरी ९ मा अवस्थित युवा बर्ष गङ्गा आधारभूत बिधालयले कम पदक जितेको कारण तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । युवा बर्ष गङ्गा आ बिले ६ रजत र २ काश्य गरि कुल १३ पदक जित्यो ।

मनहरी गाउँपालिका खेलकुद समितीको आयोजना तथा राष्ट्रिय रोटरी माध्यमिक बिधालयको सहजीकरणमा सम्पन्न कार्यक्रममा १५ वटा बिधालयको सहभागिता रहेको थियो ।

 

समापन कार्यक्रमको प्रमुख अतिथी एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले स्कुल देखिनै खेलकुदको बिकास र खेल जगतलाई माथी उकास्न यो प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउनेमा बिश्वास ब्यक्त गर्नुभयो । पालिकाले यस पटक बिधालयलाई कार्यक्रममा सहभागी हुदा थप सहजता मिलोस भनेर थप बजेटिङ्गको ब्यबस्था गरेको भन्दै पालिकाबाट प्रतिनिधित्व गर्दै जिल्लामा पुग्ने खेलाडीहरुले पक्कै पनि पालिकाको नाम राख्नुको साथै पदक बिजेता बनेर आउनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । यसको साथ साथै मनहरी गाउँपालिका उपाध्यक्ष भलिबल प्रतियोगिता छिट्टैनै संचालन हुने पनि बताउनुभयो । शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकतामा राख्दै कृषि र पर्यटनलाई पनि संगसङ्गै अगाडि लैजानु आजको आवश्यक रहेको भन्दै सबै क्षेत्रको बिकास गर्दै लैजानु आजको आवश्यक रहेको बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै मनहरी शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले बिधालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नु / गराउनु आम शिक्षकको महत्वपूर्ण भुमिका त रहन्छ नै साथ साथै बिद्यार्थीको अतिरिक्त क्रियाकलापलाई पनि ध्यान दिनुपर्ने र त्यो अवसर भनेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको जिकिर गर्नुभयो । साथै भोलिको राष्ट्रको लागि खेलाडी उत्पादन गर्न यस्ता प्रकारको खेलले निक्कैनै महत्व राख्ने भन्दै आगामी कार्यक्रममा पालिका भित्र रहेका सबै बिधालयलाई खेल महोत्सबको रुपमा लिदै सक्रिय सहभागीता जनाउन आग्रह गर्नुभयो ।

मनहरी गाउँपालिकाले कार्यक्रम संचालनको लागि भन्दै आर्थिक बर्ष २०८०/०८१ मा १ लाख बिनियोजन गरेको थियो । कार्यक्रम संचालनको लागि प्रयाप्त नभएको र कार्यक्रमको ब्यबस्थापन गर्न कुनैपनी हालतमा नसकिने भन्दै चौतर्फी टीका टिप्पणी आउन थालेपछी शिक्षा समिती र प्रअ बैठकमा प्रतियोगिता सम्पन्नार्थ थप ३ लाख थपी ४ लाख बनाइने निर्णय गरिएको थियो ।

यस्तै गरि प्रतियोगितामा स्वर्ण जित्ने बिधालयहरुमा राष्ट्रिय रोटरी माध्यमिक बिधालय मनहरी ७ ले ३ स्वर्ण,राष्ट्रिय माध्यमिक बिधालय मनहरी ७ रमनटारले ३ स्वर्ण, महेन्द्र ज्योती माध्यामिक बिधालय मनहरी ३ ले २ स्वर्ण, सीता माध्यामिक बिधालय मनहरी २ ले १ स्वर्ण , युनाईटेड इङ्लिश बोर्डिङ मनहरी ८ ले १ स्वर्ण जित्न सफल भए ।पशुपतिनाथ माध्यामिक बिधालय मनहरी ४ ले १ स्वर्ण जित्न सफल रह्यो ।

समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै मनहरी ७ नम्बर वडाका कार्यबाहक वडा अध्यक्ष नवराज सुवेदी , शिक्षा शाखा प्रमुख प्रदिप पराजुली लगाएत अन्यको आतिथ्यता रहेको थियो । कार्यक्रम मनहरी गाउँपालिका खेलकुद बिकास समिती अध्यक्ष बिरु लामाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.