राक्सिराङ्ग कृषि हाट बजार पुनः संचालनमा गिट्ठा , सिस्नो देखि रैथाने बालीको स्टल र खैजडी प्रदर्शनी

राक्सिराङ्ग गाउँपालिकाले आफ्नो पालिका भित्र उत्पादित सामाग्रीकोहरुको बजारीकरणको लागि कृषि हाट बजार पुनः संचालनमा ल्याएको हो । स्थानीय तह भित्र उत्पादित अन्नबाली तथा अन्य नगदे बालीको उचित बजारको गन्तव्य हुने हेतुका साथ कृषि हाट बजारलाई पुनः संचालनमा ल्याएको हो ।

मकवानपुर जिल्ला समन्वय प्रमुख ललित घलानले एक कार्यक्रमका बिच पानसमा दियो बाल्दै हाट बजारको बिधिवत रुपमा उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथी घलानले राक्सिराङ्गमा स्थानिय जनताको मनको कुरा बुझेर कार्यक्रम संचालन गर्ने गरेको र यो कृषि हाट बजार पनि त्यसैको निरन्तरताको स्वरुप भएको भन्दै राक्सिराङ्गका जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो। साथै मन्तव्यकै क्रममा पालिकाले गरेको सराहनीय कार्यको हेटौंडामा सन्देश पुर्याउने कार्य गर्ने प्रतिबद्धता ब्यक्त समेत गर्नुभयो । स्थानिय जनताको मेहेनत र पसिनाको उच्च मुल्य यो कृषि हाट बजारबाट प्राप्त हुने समेत बिश्वास ब्यक्त गर्नुभयो ।

त्यस्तै गरी राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राज कुमार मल्लले राक्सिराङ्ग गाउँपालिकाले वास्तविक किसानहरुको पिरमर्का बुझी किसानसङ्ग स्थानिय सरकार भएको अनुभूति दिलाउन कृषि हाट बजारको आयोजना गरिएको बताउनुभयो । बर्खा लागे सङ्गै रोकिएको हाट बजार अब नियमित रुपमा सन्चालन हुने वातावरण निर्माणमा पालिका लागि परेको भन्दै यो बजारले किसानहरुको आफ्नो उत्पादित बस्तुको बजारिकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । साथै किसानका लागि अत्यावश्यक कृषि औजार , मल खाद्यान्न लगाएत अन्य दैनिक प्रयोजनमा आउने सामाग्री उपलब्ध हुने भएकोले राक्सिराङ्ग बासी सबैले यो बजारको नियमित र प्रभावकारी बनाउन सबै मिलि सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले स्थानिय सरकार र जनता हातमा हात र काधमा काध मिलाएर गए मात्र बिकास सम्भव रहेको भन्दै यो कार्यक्रमको सफलताको लागि दुबै पक्षको लगानी र सहभागिता अपरिहार्य रहेको बताए ।

कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष उत्तम वाईबा,७ नम्बर वडा अध्यक्ष राम बहादुर प्रजा , राजनैतिक दलका नेता नेपाली काङ्ग्रेस पालिका सभापति बिरेन्द्र जिम्बा, नेकपा समाजबादी राक्सिराङ्ग अध्यक्ष सागर प्रजा लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय कला सस्कृती झल्कने कला प्रदर्शन , खैजडी भजन , गन्दर्ब टोलिको प्रस्तुती त्यस्तै नेपालकै पहिलो चेपाङ गायक एबम बर्ष २०२३ ईन्डो नेपाल म्युजिक एवार्ड बिजेता रबिन कुमार चेपाङको प्रस्तुतिले सहभागीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो ।

पौष १५ गते बाट नियमित रुपमा संचालनमा आएको हाट बजार महिनाको दुई पटक १ गते र १५ गते संचालनमा आउनेछ। राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ चैनपुरमा पालिकाद्वारा निर्माण गरेको हाट बजार स्थलमा स्थानियको बाक्लो उपस्थिति रहेको थियो । हाट बजारमा सिस्नुको तरकारी , गिट्ठा, तरुल, फापरको सेल,लोक्कल टमाटर, गहत, सिमि , खोले साग , रायोको साग, खसीको मासु , चिउरीको मह, कृषि औजार लगाएत अन्य सामाग्री बिक्रीका लागि राकिएको थियो ।

मौरी पालक कृषक राजकुमार प्रजाले मौरीको मह हाट बजार स्टलबाटै राम्रो बिक्री भएको भन्दै पालिकालाई धन्यबाद दिए । मह स्थानिय बजारबाटै कटेपछी मौरी व्यावसायमा थप उत्साह मिलेको बताए । मनहरी बजार महिनाको दुई दिन १ र १५ गते अत्यावश्यक बाहेक अन्य ब्यबसाय प्राय बन्द रहने हुदा हाट बजारमा थप अवलोकनकर्ता र कारोबार बढ्ने अनुमान आयोजकको रहेकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.