मनहरी राष्ट्रपति रनिङ शिल्ड छनोटको सम्पुर्ण तैयारी पूरा १४ वटा बिधालयले सहभागिता जनाउदै

मनहरी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड छनोटको सम्पुर्ण तैयारी पूरा भएकोछ । मनहरी गाउँपालिकाको वडा नम्बर ७ स्थित रोटरी माध्यामिक बिधालयको खेल मैदानमा छनोट हुदैछ । यहि पौष १६ र १७ गते दुई दिन सम्म चल्ने कार्यक्रमले पालिकाको प्रतिनिधित्व गर्दै जिल्लामा स्थान बनाउनेछ ।

मनहरी गाउँपालिका खेलकुद बिकास समितीको आयोजना र रोटरी माध्यामिक बिधालयको समन्वयमा छनोट कार्यक्रम सन्चालन हुन लागेको हो । आईतबार साझ छनोटको लागि आवश्यक पर्ने सम्पुर्ण पुर्ब तैयारी सकिएको रोटरी माध्यामिक बिधालयका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।

पालिका भित्रका सामुदायिक र सस्थागत गरि १४ वटा बिधालयले यस पटकको राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलिले जानकारी दिनुभयो । सामुदायिक तर्फ ९ वटा माध्यामिक बिधालय, २ वटा निम्न माध्यामिक बिधालय र सस्थागत बिधालय तर्फ ३ वटा माध्यामिक बिधालय रहेको पनि शिक्षा शाखा प्रमुख पराजुलिले जानकारी दिनुभयो ।

छनोट कार्यक्रममा भलिबल , कबबड्डी, फिल्ड र ट्र्याक सहितका बिधामा पालिका भित्रका १४ वटा बिधालय प्रतिस्पर्धा गर्नेछ । पौष १६ गते बिहान ८ बजे कार्यक्रमको औपचारिक उद्घाटन हुनेछ भने कार्यक्रममा गाउँपालिकाको अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहने त्यस्तै उपाध्यक्ष सीता पुलामी मगरको बिशिष्ट आतिथ्यता रहने आयोजकले जनाएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.