मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ७ लगाएत अन्य वडामा हात्ती आतंक कायमै रहेकोछ ।यसै क्रममा शनिबार राती ११ बजेको समयमा मनहरी ७ नम्बर वडाको बिजौनामा एक बृद्धा घाईते हुन पुगेकोछ ।
घाईते हुनेमा मनहरी ७ बिजौनाका बर्ष ५१ को कान्छी माया तामाङ रहेको र उनको उपचार चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्र पर्ने उक्त क्षेत्रमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रले हात्तीलाई बस्तिमा प्रबेशमा रोक लगाउन कुनै ठोस उपाय अपनाउन सकेकोछैन ।
राती १० बजे देखि बिहान ५ बजे सम्म बस्ती यम गज कब्जामा रहने गरेको मनहरी ७ का स्थानिय युवा बिजय बस्नेतले बताए । रातभर सुत्न पाएकाछैनौ कहाँ कतिखेर के हुने हो थाहा नहुने भन्दै यसको दिर्घकालिन समाधान खोज्न सम्बन्धित निकायले पहल कदमी लिन तत्काल आवश्यक रहेको बताए । सधै यस्तैगरी किसानले लगाएको बाली नष्ट र जनधनको क्षति गर्न नरोकिएको भन्दै हात्तीलाई नै अर्कै ठाउँमा स्थानान्तरण गर्न माग गरे ।
रमौली हुँदै बिजौना बस्ती तर्फ लागेका यम गजले ताण्डब देखाउदै हिड्न थालेपछी स्थानिय समुदायले गाउँबाट लखेटेर बस्ती बाहिर पठाउन गर्दा घाईते तामाङको घर तिर सिदै हान्निन पुगेको र स्थानियको भनाई अनुसार ज्यान जोगाउन खोज्दा हात्तीको टाङ्ग मुनि पुगेको थियो । बेहोस अवस्थामा रहेकी महिलालाई तत्काल नेपाली सेना , स्थानियहरुले उद्दार गरि अस्पताल लगिएको थियो । रिसले चुर भएका यम गजले अगाडि जे भेट्छ त्यही नष्ट पार्दै हिड्न थाले पछि मनहरीका जनता हैरान भएकाछन्। यमगजको ताण्डबलाई हेर्न नेपाली सेना, प्रहरी र स्थानिय जनताले अझै कतिदिन रातको निद्रा फ्याल्नु पर्ने हो त्यो हेर्न बाँकी छ ।