३ नम्बर पुलको चट्टान फोड्न दैनिक ४ घण्टा सडक अबरुद्ध हुने

मुग्लिन – नारायणगढ सडक खण्ड दैनिक ४ घण्टा अबरुद्ध हुने भएकोछ । चितवन जिल्ला ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्बर पुल नजिकै रहेको चट्टान फोड्न पौष ७ गते देखि लागू हुनेगरी २१ दिन सम्मको लागि बाटो अबरुद्ध हुनेछ ।

जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरिएको सुचनामा मुग्लिन – नारायणगढ सडक खण्डमा निर्माणधिन पुलहरु मध्ये तुईन खोला पुल अर्थात ३ नम्बर पुलमा पुलको जग तथा एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाई निर्माण कार्य सुचारु गर्न मिति २०८० पौष ७ गते देखि पौष २८ गते सम्म दिनको १२ बजे देखि ४ बजे सम्म यातायात पुर्ण रुपमा संचालन थप्प रहने भनी उल्लेख छ ।

नारायणगढबाट मुग्लिन तर्फ आउने र मुग्लिनबाट छिर्ने सवारी साधनको प्रकार,समय र रोक्ने स्थान फरक-फरक तोकिएकोछ ।

सार्बजनिक सुचना जारी गरिएको पहिलो दिन पुर्ण रुपमा ४ घण्टा काम संचालन भएको ट्राफिक कार्यालय मुग्लिनका ईन्चार्ज ट्राफिक प्रहरी नायब निरीक्षक चुडामणी पोख्रेलले जानकारी दिनुभयो । पहिलो दिनको कामको गति अनुसार काम भयो भने सुचनामा उल्लेख भए अनुसार २१ दिनै नलाग्ने पनि बताउनुभयो ।

चितवन,धादिङ र तनहुँ जिल्लाका जिल्ला प्रशासन प्रमुखहरुको त्रिपक्षीय छलफल पछि रोकिएको काम पुनः संचालन गरिएको सडक डिभिजन भरतपुरले जनाएकोछ ।

यो समाचारसंग सम्बन्धित समाचार

झट्ट हेर्दा भिडियो गेम खेलमा पहाडको टुप्पोमा पुगेर डाडा काटिरहेको जस्तो देखिने दृश्य हामी प्रष्ट देख्न सक्छौ ३ नम्बर पुल नजिकैको चट्टाने पहाडमा । हेर्नेको जिउनै सिरिङ्ग हुने गर्दछ त्यो दृश्य हेर्दा तर पनि मेसिन चलाएर चट्टान फोड्न हिम्मत गर्ने ती अपरेटरको साहासलाई बाटो फराकिलो हुदाँ सम्मान गर्नु जरुरी देखिन्छ ।

यो चट्टान फोडी नयाँ पुल बने पछि मुग्लिन – नारायणगढ सडक खण्डमा पहिरोले र सडक अबरुद्ध हुने कार्य न्यून हुने बिश्वास लिईएकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.