नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र मनहरी १ नम्बर वडाको वडा सम्मेलन सम्पन्न भएकोछ । मनहरी १ राम मन्दिर मकरीमा भएको सम्मेलनले पदम बहादुर थोकरको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो । पार्टी वडा सचिवमा बद्री उप्रेतीलाई यथावत राख्ने सर्बसम्मत निर्णय गरेको छ ।
२०६४ साल पछि सबै भन्दा कमजोर मानिएको माओबादीको लाल किल्ला मानिने मनहरी १ नम्बर पुनः माओबादी केन्द्र मय भएको पार्टी वडा ईन्चार्ज चन्द्र लामाले बताउनुभयो । अन्य पार्टी परित्याग गरि माओबादी केन्द्र प्रबेश गर्नेमा नेपाली काङ्ग्रेस , एमाले र रास्वपा समर्थक रहेको रहेको पार्टी वडा ईन्चार्ज लामाको दाबी रहेकोछ । साथै पार्टी प्रबेश गर्नेमा १ सय १५ जना नेपाली काङ्ग्रेसबाट रहेको त्यस्तै गरि गत स्थानिय चुनावमा नेकपा एमालेबाट वडा सदस्यको उम्मेद्बार बनेका बिना गोले र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक रहेको जानकारी दिनुभयो ।
माओबादी केन्द्रको ४ महिने विशेष अभियान अन्तर्गत
“घर – घरमा माओवादी जन – जनमा माओबादी ” जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान भन्ने मुल नाराका साथ यति खेर जनस्तरमा संगठन निर्माण, जनताको गुनासो सुन्ने जस्ता काममा पार्टी हेड क्वाटर सहित स्थानिय स्तरका नेता खटिदै आईरहेकोछ । माओबादी केन्द्र केन्द्रिय सदस्य , बागमती प्रदेशका पुर्ब यातायत मन्त्री घन श्याम दाहालको नेतृत्वमा पार्टी गाउँ – गाउँमा निरन्तर अभियान चलाउदै आईरहेकोछ । पार्टी प्रबेश कार्यक्रममा पार्टी केन्द्रिय सदस्य दाहाल , बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ज्वाला , मनहरी गाउँपालिका पार्टी ईन्चार्ज राजकुमार पाख्रिन लगाएतका अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
केन्द्रिय सदस्य दाहालले पार्टि नेतृत्वले देशको ब्यबस्था बदल्न ठूलो त्याग र बलिदान गरेको र अब जनताको अवस्था बदल्न फेरि पार्टीको नेतृत्वलाई साथ दिनुपर्ने भन्दै माओबादी केन्द्रले भनेर हैन काम गरेर जनताको अवस्था बदल्न नेतृत्व लिनु आवश्यक रहेको अहिले भैरहेको राष्ट्रिय घटना क्रमले प्रष्ट भएको पनि जिकिर गर्नुभयो । यसै माओबादी केन्द्रले मनहरीको १ नम्बर वडा सहित वडा नम्बर ५ र ९ नम्बरमा वडा सम्मेलन सम्पन्न गरेको छ ।