प्रदेश स्तरिय अपाङ्ग समितीको उपाध्यक्षमा दिल बहादुर स्याङ्बो नियुक्ति

अपाङ्गता भएका ब्यक्तिको अधिकार कार्यान्वयन गर्नको लागि गठित प्रदेश स्तरीय समितिको उपाध्यक्षमा मनहरी गाउँपालिका ७ नम्बर निबासी दिल बहादुर स्याङ्बो नियुक्ति भएकाहुन्।

बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानले स्याङ्बोलाई मंगलबार नियुक्ती पत्र हस्तान्तरण गर्नुभएको थियो । बागमती प्रदेश सरकारको मिति २०८० मंसिर २५ गते बसेको मन्त्री स्तरीय निर्णय अनुसार उनलाई उपाध्यक्षमा नियुक्ति दिईएको हो ।

लामो समय देखि अपाङ्गता भएको क्षेत्रमा काम गर्दै आईरहेका स्याङ्बो अपाङ्ग स्वाबलम्बन जीवन पद्धति मकवानपुरका अध्यक्ष समेत रहेकाछन् । स्याङ्बोको नियुक्ति संगै १३ वटा जिल्लाको अपाङ्गता क्षेत्रको गतिबिधीमा प्रत्यक्ष सहभागिता रहनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.