मनहरीमा आप्रबासी श्रमिक दिवसमा जनप्रतिनिधि देखि ५ बर्षिया बालिकाले दिप प्रज्वलन गरे

मनहरी गाउँपालिकामा पनि अन्तराष्ट्रिय आप्रवासी श्रम दिवस मनाईएकोछ । मनहरी ७ स्थित रोटरी मार्केटमा दिप प्रज्वलन गर्दै श्रमको शिलशिलामा मृत्यु भएकाहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो । साथै कार्यक्रममा दिप प्रज्वलन समेत गरिएको थियो ।

दिप प्रज्वलन कार्यक्रममा ५ बर्षिया बालिकाको समेत सहभागिता रहेको थियो । मनहरी ६ नम्बरका ५ बर्षकी योजना चेपाङले दिप बाली श्रमिकहरुलाई सम्झेका थिए ।

कार्यक्रमको प्रमुख अतिथी एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले अन्तराष्ट्रिय श्रमिक दिवस मनाई रहदा स्थानिय सरकारले सकेसम्म देशमै केही गर्ने र बाच्ने आधार खोजिरहेको र बिदेशै जानुपर्ने अवस्थामा पनि बैदेशिक रोजगारको क्रममा आईपर्ने समस्याहरुको बारेमा सुसूचित बनाउने कार्य गर्दै आईरहेको बताउनुभयो ।पालिकाले बिदेशबाट फर्किएकाहरुलाई समेटेर आफ्नो क्षेत्र निर्माण कार्यमा लगाउन केही प्रयास गरेको भन्दै बित्तीय साक्षरता मनोसामाजिक परामर्श र वैदेशिक रोजगार सम्बन्धि सूचना प्रदान गर्दै आईरहेको बताउनुभयो ।

वैदेशिक रोजगारी लाई सुरक्षित बनाउन आप्रवासी श्रोत केन्द्र संचालितछन् भने बिदेश जानू अघि के – के कुरा जान्न आवश्यक छ , किन श्रम स्वीकृत लिनु आवश्यक छ भन्ने कुराको बारेमा सामी परियोजनाले काम गर्दै आईरहेकोछ ।

नेपाल सरकार र स्विस सरकार बिकास सहयोग एसडिसिको संयुक्त पहलमा संचालित कार्यक्रम नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत संचालित हुँदै आईरहेकोछ । यो कार्यक्रम नेपालमा १ सय ५६ स्थानिय सरकारको नेतृत्व तथा हेल्भिटासको प्राबिधिक सहयोगमा संचालन भैरहेकोछ ।

दिप प्रज्वलनमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) देखि पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी , मनहरी ४ नम्बर वडाका अध्यक्ष
प्रकाश थापा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला) , रेडक्रस मनहरी शाखाका सचिव पुष्कर सुबेदी,रोटरी माध्यामिक बिधालयका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेल, मनहरी खानेपानी आयोजनाका अध्यक्ष भुवन जोशी लगाएत पालिकाका कर्मचारी, खेलाडीहरुको सहभागिता रहेको थियो ।

मकवानपुरमा हेटौंडा उपमहानगर पालिका , थाहा नगर पालिका , बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको संयुक्त साझेदारीमा संचालन हुँदै आईरहेकोछ । दिप प्रज्वलन कार्यक्रमको अध्यक्षता श्रमिक संजालको अध्यक्ष प्रेम मोक्तानले गर्नुभएको थियो। कार्यक्रमको सहजिकरण सामी परियोजना मनहरीका सामाजिक परिचालक लक्ष्मी गोलेले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.