ईसाई धर्मावलम्बीहरुको महान चाड ख्रिष्टमस सोमबार मनहरीमा पनि मनाईएकोछ । ईसाई धर्मावलम्बीले यो पर्बलाई ख्रिष्टको जन्मोत्सव रुपमा लिईने गरिन्छ ।
मनहरी ३ मा अवस्थित लामिटार स्वतन्त्र मण्डलीमा आयोजित कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै मनहरी गाउँपालिका अध्यक्ष एबम कार्यक्रमको प्रमुख अतिथी रन्जन कालाखेतीले सबै धर्म , सस्कृतीको संरक्षण गर्नु स्थानिय सरकारको कर्तब्य हो र आउँदा दिनहरुमा ईसाई समाजको जायज मागहरुलाई सम्बोधन गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
संघीयताले देशमा धार्मिक स्वतन्त्रता ल्याईदिएको र त्यसै कारण मानिसहरुलाई आफूले ईच्छा लागेको धर्म प्रती खुलेर हिड्न पाएको भन्दै धर्म भनेको एउटा बिश्वास हो भन्नुभयो ।
त्यस्तै गरि ईसाई समाज मकवानपुरका अध्यक्ष एबम बिशिष्ट अतिथी निमा डोल्मा आचार्यले ईसाई समाजको प्रमुख समस्या भनेको समादी स्थलको ब्यबस्थापन नै भएको बताउनुभयो । स्थानिय पालिकाका जनप्रतिनिधिहरुसंग समादी स्थलको तत्काल समाधान खोजिदिन आग्रह गर्नुभयो । धार्मिक अनुयायीहरुमा धार्मिक अनुशासन हुन अत्यन्तै जरुरी पर्ने भएकोले अनुशासन नै हाम्रो चिनारी हो भन्नुभयो ।
पास्टर एसोसिएसन मनहरीका अध्यक्ष वीर बहादुर मोक्तान नागेन्द्रले सबै धर्मलाई राज्यले हेर्ने नजर समान हुनुपर्छ भन्दै समुदायमा समान सहभागिताको आवश्यकतारहेको बताउनुभयो ।
यस्तै मनहरी गाउँपालिका ईसाई युवा सङ्गतीका अध्यक्ष रुद्र मुक्तानले समग्र जातिको मुक्तीको लागि लड्ने प्रभु यसुको जन्म ख्रिष्ट अनुयायीको लागि मात्र नभै सारा मानबको मुक्तिको लागि भएको भन्दै ईसाई धर्मावलम्बीहरु बिच एक आपसमा शुभकामना साटासाट गर्न पाउँदा ज्यादै खुसी लागेको बताउनुभयो ।
ईसाई समाज मनहरी गाउँपालिका अध्यक्ष शान्ति लामाको सभाध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख बक्ताको रुपमा पास्टर सुनिल मोक्तान रहनु भएको थियो ।कार्यक्रममा पालिका भित्रका ईसाई समाजका अगुवा एबम ईसाई धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।