रबिन कुमारको राक्सी लोहाङले जित्यो बर्ष २०२३ को इन्डो नेपाल सुजन म्युजिक अवार्ड

नेपालकै पहिलो चेपाङ गायक रबिन कुमार चेपाङको राक्सी लोहाङले बर्ष २०२३ को इन्डो नेपाल सुजन म्युजिक अवार्ड हात पारेकोछ ।

भारतको नयाँ दिल्लीमा पौष १ गते भएको ग्राड अवार्डमा उत्कृष्ट भाषाभाषी बिधा अन्तर्गर उत्कृष्ट पाँच मध्ये सर्बोत्कृष्ट हुँदै उनको गित पहिलो हुन सफल भए सङ्गै अवार्ड हात पार्न सफल भएकाहुन् ।

भारतका लागि नेपाली राजदुत डाक्टर शंखर शर्माले उक्त अवार्ड गायक रबिन कुमारलाई हस्तान्तरण गरिएको थियो ।मकवानपुरे गायक रबिन कुमारको राक्सी लोहाङ बेरती तुन्चु गदरी चेपाङ समुदायमा मात्र होईन अन्य समुदाय र श्रोताहरुमा सर्बाधिक लोकप्रिय गित हो ।

अवार्डका लागि २० वटा गित छनोट भएता पनि उनको गित पाँच उत्कृष्ट अन्तर्गत पर्दै प्रतिस्पर्धामा रहेको थियो । भोटिङको माध्यामद्वारा उत्कृष्ट मध्ये पनि सर्बोत्कृष्ट छानिएको आयोजक श्रोतले जनाएकोछ । अवार्ड प्राप्त गरेसंगै आफू लाई दर्शक श्रोताले यति धेरै माया र साथ दिएको प्रती आभारी रहेको प्रतिक्रिया दिएका थिए । लामो समय देखि नेपाली लोक गित संगित क्षेत्रमा अनबरत लाग्दै आईरहेका उनको पछिल्लो समयमा पर्यटनको गन्तव्य बन्दै आईरहेको सर्लाही जिल्लाको बागमती नगरपालिकाको भरत ताल बिशेष गित सार्बजनिक गर्ने तर्खरमाछन् । त्यस्तै माछा मीठो मनहरी खोलाको बोलको गित पनि रिलिजको अन्तिम तैयारीमा रहेको उनले बताए ।

कार्यक्रममा बर्षका उत्कृष्ट शब्द संकलन , लय संकलन , संगीत संयोजन , गायन , मोडल लगाएतका बिधामा प्रतिस्पर्धा रहेको थियो ।संस्थाका अध्यक्ष एबम लोकप्रिय गायिका जमुना रानाले गित संगीत क्षेत्रमा योगदान पुर्याउने सर्जकहरुलाई थप हैसला मिल्नेछ भन्ने आशा ब्यक्त गरेका थिए ।साथै आउँदा बर्षहरुमा पनि यस्तै कार्यक्रमको चलिरहने बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
11

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.