ज्यामिरेमा गार्मेन्ट उद्घाटन जनताको आवश्यकता अनुसार बजेट बनाउन चाहान्छौ : अध्यक्ष कालाखेती

मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे प्रणामी टोलमा गार्मेन्ट संचालनमा आएकोछ । गाउँपालिकाको आर्थिक सहयोगमा गार्मेन्ट सन्चालनमा आएको हो । आईतबार गार्मेन्टको उद्घाटन गर्दै प्रमुख अतिथि एबम पालिका अध्यक्ष रन्जन कालाखेतीले जनताको आवश्यकता अनुसार बजेट बनाउन चाहेको बताउनुभयो ।

यस्तै गरि पालिकाले दिएका सिपमुलक तालिमको सदुपयोग कत्तिको भएकोछ त्यसको प्रतिबेदन निकाल्दैछौ भन्दै उपलब्धी नहुने र नभएका त्यस्ता तालिम तथा प्रबिधीलाई आउदा दिनमा निरन्तरता नदिईने भन्दै उपलब्धी हुने खालको कार्यक्रमलाई बजेट छुट्याइने पनि बताउनुभयो ।

साथै काम गर्दै जानुभयो भने थप जनताले रोजगारी दिदै जानुभयोभने थप लगानिको लागि पालिका तैयार रहने भन्दै पालिकामा थन्किएर रहदै आईरहेको स्विटर बुन्ने मेसिन थप गार्मेन्टलाई हस्तान्तरण गरिने बताउनुभयो ।
उत्पादित कपडाको गुणस्तरीयता मा ध्यान दिन समेत आग्रह गर्नुभयो ।भोलिको दिनमा पालिका भित्र आवश्यक कपडाहरु यहिको प्रयोग गर्ने आधार तयार पार्न सुझाव दिनुभयो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रेखाले भोलिको दिनमा रेडिमेट कपडा बाहिरबाट ल्याउन नपरोस् र मनहरीकै दिदिबहिनिले सिलाउनुभएको कपडा लगाउन पाउँ भन्ने कामना गर्नुभयो ।

यो गार्मेन्टमा राज्यको पैसा परेकोछ भन्दै गार्मेन्ट सन्चालक समेत रहेको सियो धागो सिलाई श्रम सहकारीलाई यसको माया गरिदिन आग्रह गर्नुभयो । साथै भोलिको दिनमा कुनै मेला महोत्सबमा गाउँपालिकाकै उत्पादनको प्रदर्शनीमा राख्न पाउँ भन्दै पालिकाको काम अभिभावकत्व निर्बाह गर्ने हो भन्नुभयो । यो गार्मेन्टबाट पालिकाको महिला दिदिबहिनीले सिपको सदुपयोग मात्र गर्न होईन रोजगार प्राप्त समेत गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।

सियो धागो सिलाई श्रम सहकारी संस्थाद्वारा सन्चालनमा आएको गार्मेन्टको लागत ६० लाख रहेको संस्थाका अध्यक्ष भुवन कुमार गौतमले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाबाट( ६०-४०) अन्तर्गत को कार्यक्रमबाट १० लाख रुपैयाँ सहयोग प्राप्त गरेका संस्थाले २० लाख रुपैयाँ बराबरको भवन , २० लाख रुपैयाँ बराबरको मेसिन र १० लाख रुपैयाँ बराबरको अन्य ब्यबस्थापन गरि ६० लाख बराबरको लगानीमा उत्पादन कार्य थालनी गरिएको हो । पहिलो चरणमा ३० जनालाई प्रत्यक्ष रोगजार दिन सकिने संस्थाको भनाईछ ।

चार गट्ठा क्षेत्रफल रहेको गार्मेन्ट २० बर्ष सम्मको लागि मनहरी ९ ज्यामिरे स्थित बिन्दा मायाबाट भाडामा लिईएर सन्चालन गरिएको हो । कार्यक्रमको सभाध्यक्ष एबम संस्थाका अध्यक्ष भुवन कुमार गौतमले सीप सिक्न र सिकेका सिपको यहि सदुपयोग गर्न आग्रह गर्नुभयो । गार्मेन्ट संचालन गर्न पालिका सरकारले गरेको सहयोग प्रती धन्यवाद दिदै आगामी दिनमा यस्तै सहकार्य र सहयोगको अपेक्षा समेत गर्नुभयो । गार्मेन्ट संचालन नहुदै माग बढेको भन्दै गार्मेन्ट संचालनमा सबै पक्षको सहयोगको आशा रहेको बताउनुभयो । गार्मेन्टबाट उत्पादित कपडाहरु मनहरी ५ र ९ नम्बर वडाको सरकारी स्कुलले प्रयोग गर्ने गरि सहकार्य अगाडि बढेको भन्दै उत्पादित तैयारी पोशाकको गुणस्तरमा कुनै कसुर नराखिने बताउनुभयो । गार्मेन्टबाट सरकारी कार्यालय, बिधालय , क्याम्पसका लागि आवश्यक कपडा, ज्याकेट,झोला लगाएत अन्य तैयारी पोशाक उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
2

+1
0

+1
0

+1
1

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.