गाँजा जनताको पेट र भोकसंग जोडिएकोछ : माओवादी केन्द्र नेता बनस्तम थिङ

गाँजा जनताको पेट र भोकसंग जोडिएको माओबादि केन्द्रका नेता बनस्तम थिङले बताउनुभएकोछ । माओबादि केन्द्र जिल्ला परिषद सदस्य एबम राक्सिराङ्ग गाउँ कमिटी ईन्चार्ज समेत रहनुभएका थिङले पार्टीको ६ नम्बर वडाको कमिटीको पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका थिङले गाँजा राक्सिराङ्ग गाउँपालिकाका जनताको पेटसंग र भोकसंग प्रत्यक्ष जोडिएको बताउनुभयो ।पार्टीको ४ महिने सङ्गठन सुदृढीकरण अभियान कार्यक्रम जन जनमा माओवादी घर घरमा माओवादी भन्ने नाराका साथ माओवादी केन्द्र जनता माझ सुझाव संकलन गर्न जनताका घर घरमा पुगिरहेकोछ भन्दै सल्लाह सुझाव दिन आम जनतालाई आग्रह समेत गर्नुभयो ।

फरक प्रसङ्गमा सबै पार्टीबाट बदनामी भएका , जनताले कार्बाही गरेकाहरुको झुण्ड बनेर गाउँ – गाउँमा अफवाह फैलाउदै आईरहेको भन्दै त्यस्ताको पछि नलाग्न स्थानिय नेता कार्यकर्ता तथा शुभचिन्तकहरुमा आग्रह गर्नुभयो । साथै बिकासलाई अस्थिरता तर्फ ढकेल्ने अभियान संचालन गरेको समेत बताउनुभयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.