लिम्चुङबुङ बासिको नयाँ संकल्प :राज्यले नहेरे जनता आफै अगाडि बढ्नेछ : अध्यक्ष राई

उदयपुर जिल्लाकै पिछडिएको स्थानिय पालिका मध्य लिम्चुङबुङ गाउँपालिका हो । आफ्नो पालिकाको पर्यटनबाट बिकास सम्भव छ भन्ने नारालाई स्थापित गराउन पालिका लागिरहेकोछ । एउटै पुस्तामा परिबर्तन सम्भव छ भन्ने नाराका साथ पालिकाले संकल्प सभा सम्पन्न गरेकोछ ।

गाउँपालिका केन्द्र मानिने ३ नम्बर वडामा अवस्थित महेन्द्र माध्यामिक बिधालयको खेल मैदानबाट सोमबार घोषणा गरिएको संकल्प सभामा हज्जारौं जनता , छिमेकि स्थानिय तह र अन्य जिल्लाका स्थानिय तहका जनप्रतिनिधि, राजनैतिक दलले एक्केबद्धता जनाएका थिए । ढाकरमा दैनिक उपभोग्य बस्तु ओसारपसार गरेर गुजारा चलाउदै आएको त्यस ठाउँको अहिलेको पतिबर्तनले साच्चिकै एउटै पुस्तामा लिम्चुङबुङको परिबर्तन सम्भव रहेको भन्ने नारालाई सार्थकता दिदै आईरहेको देख्न सकिन्छ ।

पालिकाको यो अभियानको योजनाकार पालिका अध्यक्ष मेजर कुमार राई हुनुहुन्छ । हातमा सामान्य घाउ हुँदा माटो दलेर उपचार खोज्नुपर्ने त्यो तितो यथार्थ सम्झदै आज आफ्नै पालामा एम बि बि एस डाक्टर सहित गाउँमै हस्पिटल , दियालो बालेर उज्यालो खोज्नुपर्ने अवस्थामा अहिले पालिकाको करिब ९५ प्रतिशत जनतामा बिजुलि बत्तिको पहुच , खानेपानीको गुरु योजना सन्चालन र कृषि क्षेत्रमा उल्लेखनिय कार्य हुदै आईरहेकोछ । ग्रामीण क्षेत्रको बिकासमा प्राकृतिक सौन्दर्य र धार्मिक क्षेत्रको महत्वपूर्ण रहन्छ । प्रकृतिको अनुपम संगम थलोको रुपमा रहेको यो क्षेत्रको समृद्धि र बिकासको बाधक पक्कि सडक नै रहेकोछ ।

अध्यक्ष मेजर कुमार राईले पालिकाको समृद्धिको लागि पर्यटननै क्षेत्रनै रहेको बताउनुहुदै आफ्ना पालिकाको जनतालाई हिमाल देखाउदै धनि बनाउने सपना रहेको बताउनुहुन्छ । लिम्चुङबुङका जनताले परिबर्तन खोजेको भन्दै यदि सिंहदरबारले बिकास दिएन भने जनता आफै पालिकाको संकल्प सोचको महा अभियानमा अगाडि बढ्ने समेत बताउनुभयो । एकै ठाउँबाट सन्सारका आठ हजार भन्दा बढि उचाई भएको अग्ला हिमालहरु ( सगरमाथा,लोत्से, लोत्से शर ,चोयु , मकालु र कंचनजंगा ) एकै ठाउँबाट हेर्न पाईने साथै एकै ठाउँबाट सुर्योदय र सुर्यास्थको दृश्य हेर्न पाईने साथै हिन्दु धर्मावलम्बीको लागि प्रमुख गन्तव्यको रुपमा रहेको खोटाङ जिल्लाको हलेसि तराई देखि नजिक रहनु यस ठाउँको बिशेषता रहेको छ ।

शिक्षा , स्वास्थ्य , बिजुली , खानेपानीको सहजता संगसङ्गै अबको लिम्चुङबुङ्को भबिष्य पर्यटनको बिकासबाट हुने प्रचुर संभावना रहेकोछ । पाँच वटा वडा रहेको यस पालिकाको जनता पर्यटकलाई आफ्नो ठाउँमा स्वागत गर्न तयार रहेको पनि बताउनुभयो ।

घोषणा कार्यक्रममा सबै पार्टिको तर्फबाट एक्केबद्दता जाहेर भएको थियो । लिम्चुङबुङ गाउँपालिका अध्यक्षले गाउँमा मान्छे बस्न लाएक बनाउन राज्यले सहयोग गर्नुपर्ने भन्दै शहरको जस्तै सेवासुबिधा गाउँमै ब्यबस्था हुने बनाउनु आजको आवश्यकता रहेको समेत बताउनुभयो । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको सुचिमा पर्न सफल यस स्थलको बिकास र लिम्चुङबुङको समृद्धिमा सम्बन्धित पक्ष अन्तरात्मा देखिनै लागि पर्छन कि पर्दैन त्यो भने हेर्न बाँकि नै छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.