नारी सीप सृजनाले राक्सिराङ्गका २० युवालाई सिपमुलक तालिम दिदै

नारि सिप सृजना केन्द्र नेपालले AWO International र BMZ को आर्थिक सहयोगमा राक्सिराङ्ग गाउँपालिकामा सञ्चालन गरिरहेकाे मकवानपुरमा सुरक्षित स्थानागमन प्रवर्दन परियोजना अन्तर्गत राक्सिराङ्गका २० जना युवाहरुको लागि CTEVT को पाठ्यक्रममा आधारित ३९० घण्टा (६५दिन) को सिपमुलक तालिमको औपचारिक उद्घाटन मंसिर २२ गतेका राक्सिरान्ङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गर्नुभएको हो ।

दिन अौपचारिक कार्यक्रमकाे अायोजना गरि सुरुवात गरेको छ । कार्यक्रममा राक्सिराङ गाउपालिका प्रमुख राजकुमार मल्ल ज्युको प्रमुख अातिथ्यता रहेको थियो भने कार्यक्रम नारि सिप सृजना केन्द्रका कोषाध्यक्ष रेनु गुरुङ ज्युको सभाध्यक्षतामा सञ्चालन गरियको थियो ।

नारि सिप सृजना केन्द्रले युवालाई सिप सिकाई दक्ष कामदारको रुपमा राक्सिराङ्गका युवाहरुमा रोजगारिको सिर्जना गर्ने उद्देश्यले खाना र आवास सहितको तालिमको प्रदान गरिएको छ भने युवाहरुलाई सुरक्षित स्थानागमन सम्बन्धि अभिमुखिकरण दिई सचेत गराउने याेजना रहेको कार्यक्रम संयोजक ज्योती भोम्जनले जानकारी दिनुभयो । मन्तब्यको क्रममा प्रमुख अतिथि राक्सिराङ्ग गाउँपालिका अध्यक्ष मल्लले नारि सिप सृजना केन्द्रले राक्सिराङको युवाको लागि राम्रो तालिमको व्यवस्था गरेको र युवाहरुलाई पालिकाको तर्फबाट पनि अनुगमन गर्ने र तालिम पस्चात बिउ पुजि, व्यवसाय सञ्चालनको लागि सहयोग तथा सहजिकरण गरिने बताउनुभयो ।

 

तालिममा सहभागी २० जना युवाहरु मध्ये १२ जना कुक, ४ जना बाईक अटो मर्मत, २ जना मोबाईल मर्मत र २ जना हेयर कटिङ तालिम लिदैछन् । तालिममा सहभागी हुनेहरु वडा कार्यालयसंगको समन्वयमा बैदेशिक रोजगारिबाट फर्केका, असुरक्षित बैदेशिक रोजगारि सम्भावना भएका, सिमान्तकृत र बिपन्नका मापदण्डअनुसार छनोट गरिएको हो ।

रेनु गुरुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा लामाे समयको तालिम भएकोले सहभागि युवाहरुले अन्तिम समय सम्म सिक्ने ईच्छा शक्ति एकै किसिमको राख्नु पर्ने कुरामा जोड दिदै युवाहरु भोलि बैदेसिक रोजगारिमा जान सक्ने सम्भाबना भएकोले तालिम अबधिमा नारि सिप सृजना केन्द्रले युवाहरुलाई बैदेशिक रोजगारिका प्रकृयाका बरेमा प्रस्ट पार्ने बताउनुभयो । साथै सहभागीहरुले संस्थाको लगानी खेर जान नदिने कुरामा बिस्वस्त रहेको बताउनुभयो । कार्यक्रम नारि सिप सृजना केन्द्रका कार्यक्रम संयोजक ज्योति बम्जनले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुस ।

सस्थाको ३० औं स्थापना दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३घट्टेखोला सिकाई केन्द्रमा आवद्ध सम्झना प्रजा २२ बर्षको उमेरमै तेश्रो सन्तानलाई जन्म दिई दुई महिनामै मृत्युु भएको थियो । अहिले ४ महिना पुगेका उनकी छोरिलाई सस्थाले आफ्नो स्थापना दिवसको अवसरमा खाद्यान्न , न्यानो कपडा, लगाएत अन्य सामाग्री हस्तान्तरण गरिएको हो ।

बितरण कार्यक्रममा बोल्दै राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष उत्तम वाईबाले सस्थाले बिगद देखिनै निक्कै राम्रो कार्य गर्दै आईरहेको भन्दै धन्यबाद ब्यक्त गरे ।सस्थाले राक्सिराङ्ग गाउँपालिकाको ६ र ७ बाहेक अन्य वडामा परियोजना संचालन गर्दै आईरहेकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.