साँझ ७ बजेनै गाउँ बस्तिमा हात्ती छिर्यो किसानको अन्नबाली तहसनहस

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा बिगद केही दिन यता जंगली हात्ती गाउँमा प्रबेश गरि दु:ख दिईदै आईरहेकोछ । मनहरी गाउँपालिका वडा नम्बर ६ र ७ ( रमौली , प्रतापुर) मा दैनिकी रातको समयमा हात्ती आई दु:ख दिईदै आईरहेकोछ ।

मनहरी ७ का स्थानिय बासिन्दा श्याम बहादुर राईको बारिमा रहेको केरा खान आएको बताईएकोछ । यमगज नामको हात्तीले गाउँमा प्रबेश गरि किसानले लगाएको बाली नास गर्ने मात्र नभई प्रबेश गर्ने समयमा पनि सिमा नाघेकोछ । सदा आधा रातमा प्रबेश गर्ने हात्ती हिजो देखि समसाँझमै गाउँमा प्रबेश गरि किसानहरुलाई दु:ख दिईरहेकोछ । आज साँझ ७ बजेनै रमौली गाउँमा प्रबेश गरि तमासा मच्चाईरहेकोछ । किसानको घरमा राखिएको मकै झिकेर खाईदिने त्यस्तै बारीमा लगाएको बोडि, सिमि लगाएत अन्य बाली कुल्चिएर नष्ट पारिरहेकोछ ।

साँझ पख बस्तिमा प्रबेश गरेको हात्तीलाई स्थानिय जनता र ईलाका प्रहरी कार्यालयबाट खटिआएको प्रहरी टोलिले धपाईएको स्थानिय बिजय बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
1

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.