राक्सिराङ्ग ५ का २५ बिपन्न घरलाई मौरी सहितको घार बितरण

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ का २५ घरधुरिलाई मौरी सहितको घार बितरण गरिएको हो । नारी सीप सिर्जना केन्द्र नेपाल AWO international र BMZ को साझेदारिमा संचालित मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजन अन्तर्गत राक्सिराङ्ग गाउँपालिका वाड नंम्बर ५ बोटवारि र साचकका २५ घरधुरीलाई मौरी सहितको घार बितरण गरिएको हो । बुधबार दुई छुट्टाछुट्टै स्थानमा भएको बितरण कार्यक्रममा साचक टोलमा ११ घर र बोटबारीमा १४ घर गरि २५ घरलाई बितरण गरिएको फिल्ड संयोजक गिता अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रमले बिपन्न चेपाङ समुदायलाई समेटेको र मौरी पालनबाट उनिहरुको आर्थिक स्तर बढ्ने उद्देश्यले मौरी सहित घार बितरण गरिएको परियोजना संयोजक ज्योती बम्जनले बताउनुभयो । सेरेना जातका मौरी प्रती घर २/२ वटा घार बितरण गरिएको हो ।

मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना कार्यक्रम अन्तर्गत मौरी घार प्राप्त गर्ने बिपन्न परिवारका सदस्यलाई यस अघिनै हेटौंडामा मौरी पालन सम्बन्धी तालिम प्रदान गरिसकेको थियो ।

परियोजनाले जिबिको पार्जन अन्तर्गत तालिम पस्चात बाख्रा, मौरी , बङ्गुर बितरण गर्दै आईरहेकोछ । त्यस्तै गरि कृषि तर्फ सिंचाइ निर्माण, तालिम , बीउ , टर्नेल लगाएत अन्य क्षेत्रमा सहयोग र बजार ब्यबस्थापनमा समेत सहयोग गर्दै आईरहेकोछ । मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रबासन सम्बन्धी सचेतना गाउँ – गाउँमा पुर्याउदै आईरहेको परियोजनाले राक्सिराङ्ग गाउँपालिकाको ७ वटा वडालाई आफ्नो कार्यक्षेत्र बनाउदै कार्यक्रम सन्चालन गर्दै आईरहेकोछ ।

परियोजनाले यस कार्यक्रमको लगतै डिसेम्बर महिनामा राक्सिराङ्ग ८ देबिटारमा १६३ मिटर र राक्सिराङ्ग ३ को दमारमा पक्की नहर निर्माणको कार्यलाई अगाडि बढाउन लागिएको श्रोतले जनाएकोछ ।

मौरी सहितको घार बितरण कार्यक्रममा राक्सिराङ ५ का वाड अध्यक्ष हरि बहादुर प्रजाको प्रमुख आतिथ्यतामा रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रजाले बिपन्नतासङ्ग लड्न परियोजनाले ठूलो सहयोग गरेको बताउनुभयो । कार्यक्रममा नारी सीप सिर्जना केन्द्र नेपालका कार्यबाहक अध्यक्ष नानी माया चापागाईं मौरी पालन महासंघ नेपालका महासचिव तथा युनिक मौरी पालन केन्द्र मनहरीका संचालक शालिकराम बानियाँ लगाएत अन्य सदस्यहरु , परियोजना संयोजक ज्योती बोम्जन , फिल्ड संयोजक गिता अर्याल , सामाजिक परिचालक दिल बहादुर लामा र सहजकर्ताको उपस्तिथि रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.