मनहरी ६ नम्वर वडाले बन्यजन्तु र मानव बिचको द्वन्द्वलाई न्युनिकरण गर्न अन्तरक्रिया गर्दै

मनहरी गाउँपालिकाकै सबै भन्दा बढी क्षेत्रफल ओगटेको ६ नम्बर वडाले बन्यजन्तु र मानव बिचको द्वन्द्वलाई न्यूनीकरण गर्नको लागी अन्तरक्रिया गर्दैछ । वडा सरकारले यहि मंसिर १९ गते मंगलबार अर्थात भोलीको लागि वडा कार्यालयमै बिहान ११ बजे छलफल गर्नेगरी सरोकारवालाहरुलाई पत्राचार गरिएको वडा अध्यक्ष युवराज थपलियाले जानकारी दिनुभयो ।

वडाको अधिकांश क्षेत्र खुल्ला रहेकोले जङ्गलबाट जंगली जनावर निर्बाध रुपमा प्रबेश गर्ने र किसानहरुको बाली नास , घरपालुवा जनावर मारेर खाईदिने तथा मानबिय क्षति समेत गर्दै आईरहेको अवस्थामा मानव र जंगली जनावर बिचको द्वन्द्व न्यूनीकरण गर्न के गर्दा समस्याको दिर्घकालिन समाधान निस्कन्छ भन्दै अन्तरक्रियाको कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष थपलियाले बताउनुभयो । साथै कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि , मध्यवर्तीका प्रतिनिधी, सुरक्षा पोष्टका प्रतिनिधि , स्थानीय बुद्धिजीवी तथा राजनितिक दलका प्रतिनिधिहरुलाई छलफलमा बोलाईएको समेत जानकारी दिनुभयो ।

वडाको अधिकांश क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसंग जोडिएको र बन्यजन्तु रोक्न कुनै प्रभाबकारी संयन्त्र नभएको अवस्थामा दिनहुँ जसो जंगली जनावर बस्तिमा प्रबेश गर्ने गरेको छ । यो महिना मात्रै ६ नम्बर वडाको जोगिताल क्षेत्रमा छिमेकी जिल्ला चितवनका २ जना ब्यक्तिको बाघको आक्रमणमा परि ज्यान गएको थियो ।

वडा सरकारले थप मानबिय तथा अन्य क्षती हुन नदिन के कसरी अगाडि बढ्ने भनेर निर्क्योल निकाल्न छलफल राखिएको हो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.