मानसिक यातना पनि हिंसानै हो : मनब अधिकार समूह मनहरी गाउँपालिका संयोजक गोपाली

मनहरी गाउँपालिका वडा नम्बर ७ अवस्थित रोटरी माध्यामिक बिधालयमा अध्ययनरत बिधार्थिहरुले घरेलु हिंसासंग सम्बन्धि नाटक प्रदर्शन गरेकोछ । बुधबार एक कार्यक्रमका बिच बिधालय प्राङ्गणमा देखाईएको नाटकमा बाल अधिकार समुहमा आबद्ध बिद्यार्थीहरुले अभिनय गरेका थिए ।

मानव अधिकार समूह मनहरीका संयोजक बिमला गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको बिशेष अतिथी बिधालयका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेल रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोपालीले हिंसा शारीरिक रुपमा यातना दिनु मात्र नभई मानसिक रुपमा कोहि कसैलाई अफ्ठ्यारो पार्नु पनि एक किसिमको हिंसा नै रहेको बताउनुभयो । साथै पछिल्लो समयमा नेपाली समाजमा अभिभावकले आफ्ना सन्तानको लागि अत्यावश्यक समय पनि उपलध नगराई सामाजिक संजालमा रम्ने बानिको बिकास हुँदै गएको र त्यसको असर कस्तो होला भन्ने विषयबस्तुलाई नाटक मार्फत सुन्दर ढंगले प्रस्तुत गरिएको भन्दै बालबालिकालाई धन्यबाद समेत दिनुभयो ।

महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत बाल अधिकार समुहले चेतनामूलक नाटक प्रस्तुत गरिएको हो । नाटक प्रस्तुत हुदैगर्दा दर्शकदीर्घमा रहेका बिधार्थिहरुले टाली पड्काउदै कलाकारलाई हौसला प्रदान गर्ने कार्य भएको देखिन्थ्यो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक बागमती प्रदेशको आर्थिक सहयोग र सहकार्यमा राष्ट्रिय रोटरी माबीको समन्वय रहेको थियो । कार्यक्रममा बिधालयमा अध्यापन गराई रहनुभएका शिक्षकहरु, ईन्सेक मकवानपुर सहजकर्ता सलिना गौतम लगाएत अन्यको आतिथ्यता रहेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.