चिउरी चेपाङ र चमेरो संरक्षणमा प्रदेश सरकारको चासो

लामो समय देखि चर्चामा आउदै गरेको चिउरी , चेपाङ र चमेरोको संरक्षणमा नेपाल सरकारबाटै लक्षित कार्यक्रम संचालन हुने भएकोछ । बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय मार्फत उक्त क्षेत्रमा कार्यक्रम हुने भएको हो । शुक्रबार पालिकाको सभाहल चैनपुरमा आयोजित कार्यक्रममा प्रदेश सरकारका तर्फबाट बन्दै गरेको कार्यबिधिमा कार्यक्रम लागू गर्दा के कस्ता पक्षहरु समेटेर जादा राम्रो हुन्छ भनेर सरोकारवालाहरुसंग छलफल चलाएको थियो ।

राक्सिराङ्ग गाउँपालिकाका जनप्रतिनिधि, चेपाङ समुदायका अगुवा एबम पालिकाका विभिन्न शाखाका कर्मचारी बिच छलफल चलाईएको कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रम महाशाखा प्रमुख गोपाल प्रसाद कडेलले जनताले देखिने गरि काम गर्नको लागि यस क्षेत्रमा प्रदेश सरकारले काम थालनी गर्न लागेको बताउनुभयो । यस कार्यक्रममा मुख्य मन्त्री शालिक राम जम्कट्टेल स्वयंको चासोको बिषय रहेको सन्देश समेत लिएर आएको बताए । चिउरी , चेपाङ र चमेरोको सास्कृतिक सम्बन्ध रहेको भन्दै यो कार्यक्रमले चिउरी संरक्षण गर्दै चेपाङ समुदायको आर्थिक पाटोलाई मजबुत बनाउन सहयोग मिल्नेमा बिश्वास ब्यक्त गरेकाथिए । चेपाङ समुदायको बाहुल्यता रहेको प्रदेशका तिन जिल्ला मकवानपुर , चितवन र धादिङ जिल्लाका ८ वटा स्थानिय तहमा यो कार्यक्रम लागू गर्न लागिएको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।

पुर्ब भैतिक पुर्बाधार राज्य मन्त्री तथा बागमती प्रदेस सभा संसद सन्त चेपाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी चेपाङले पिछडिएका समुदायको उत्थानका लागि प्रदेश सरकारले जुन काम गर्न गईरहेकोछ यो स्वागतयोग्य रहेको छ भन्दै कार्यक्रम कस्तो मोडालिटिमा हुनेहो त्यो प्रष्ट हुनु आवश्यक रहेको बताउनुभयो । राक्सिराङ्ग चेपाङ समुदायको बाक्लो बस्ती भएको र चिउरीको प्रचुर सम्भावना भएको ठाउँ भएको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । साथै कार्यक्रम राम्रो हुदाहुदै बजेटको आकार भने सानो भएको भन्दै कार्यक्रम सफल बनाउन यो बजेट प्रयाप्त नहुने टिप्पणी गर्नुभयो ।

राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष एबम कार्यक्रमका बिशेष अतिथी बनस्तम थिङले पालिकाले पनि चेपाङ, चिउरी र चमेरोको सह अस्तित्वको लागि बिगदमा कार्यक्रम कार्यान्वयन गर्दै आईरहेको र चालू आर्थिक बर्षमा पनि केही कार्यक्रम रहेको भन्दै यस कार्यक्रमले झनै सुनमा सुगन्ध थपेको भन्दै कार्यक्रमलाई प्रभावकारी बनाएर लैजान पालिका तैयार रहेको बताए ।

नेपाल चेपाङ महासंघ बागमती प्रदेश कार्य समितीका अध्यक्ष खुसिलाल चेपाङले कार्यक्रम जे जस्तो मोडलको भए पनि चेपाङ समुदायले प्रत्यक्ष सहभागिता र लाभ लिने खालको हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले चेपाङ जातिको प्रमुख पहिचान भनेको चिउरि नै रहेको तर अहिले चेपाङ र चिउरीको सम्बन्ध टाढिएको भन्दै चिन्ता ब्यक्त गरेका थिए । पहिलेको तुलनामा अहिले चिउरी कम फल्ने गरेको प्रती चिन्ता ब्यक्त गरेका थिए । चमेरोले चिउरीको परागशेचन प्रक्रियामा भाग लिने भएकोले चमेरोको संख्यामा कमि आएको र त्यसको संरक्षणको लागि अग्रसर हुनुपर्नेमा समुदायनै लाग्नुपर्ने आवाज उठाएका थिए ।

पछिल्लो समयमा राक्सिराङ्गका केही किसानहरु कानुनी रुपमा अबैध मानिएको गाजा खेती लगाउन छोडेर मौरी पालनमा लागेको अवस्थामा चिउरीको बोटको संख्यामा वृद्धि गर्नु आवश्यता रहेको बताए । यो कार्यक्रमले यस क्षेत्रका खास जाती / समुदाय बिशेष मात्र भन्दा पनि सो क्षेत्रमा बसोबास गर्ने सबै जाती / समुदायलाई समेटेर लैजान पाए प्रभावकारी हुने धारणा प्रस्तुत गरेका थिए । यस्तैगरी चेपाङ जातिको जिवनस्तर उकास्नको लागि दीर्घकालीन सोचका साथसाथै तत्कालिन उपलब्धि हुने कार्यक्रमहरु पनि आउन आवश्यक रहेको बताएका थिए ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष राजकुमार मल्लले चेपाङ दाजुभाईको नाम बेचेरै राज्यले राक्सिराङ्ग गाउँपालिकालाई राज्यको कतिपय कार्यक्रमहरुमा प्राथमिकतामा पारेको भन्दै त्यो अपमान नभई सम्मान गरेको बताए । प्रदेश तथा संघिय मन्त्रालय जादा चेपाङ्ग अध्यक्ष आयो भन्दै गर्दा आफुलाई पनि गर्ब लाग्ने गरेको बताए । ढिलै भएपनी प्रदेश सरकारले यस विषयमा चासो लिएको भन्दै यो कार्यक्रमले राक्सिराङ्गको बिकासमा यो कार्यक्रम बलियो आधार बन्नेमा बिश्वास ब्यक्त गरे । कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुखले कार्यक्रमको स्वरुप , उद्देश्य , औचित्य एबम प्रदेश सरकारको कार्ययोजनाका बारेमा जानकारी दिएका थिए । अन्तरक्रियाको सहजिकरण राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौलाले गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.