मकवानपुरका पुर्ब जनमुक्ति सेनाले मनाए २३औं जनमुक्ति सेना दिवस

मकवानपुरका पुर्ब जनमुक्ति सेनाहरुले २३ औं जनमुक्ति सेना दिवस मनाएकोछ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र जिल्ला समन्वय अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

हेटौंडा जिल्ला पार्टी कार्यालयमा पुर्ब जनमुक्ति सेनामा आवद्ध रहेकाहरुको सहभागिता रहेको थियो । तत्कालिन नेकपा मसाल हुँदै नेकपा माओबादी गठन गरि पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा बि. स. २०५८ सालमा जन युद्धको थापनी गरिएको थियो । सोही दिनको स्मरण गर्दै जनमुक्ति सेनाले स्थापना दिवस मनाउदै आईरहेकोछ ।

नेपाली समाजको परिबर्तनको लागि कैयौं योद्धा सहिद भएकाहरुलाई चनचुने त्याग नसम्झिन माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय अध्यक्ष सर्केश घलान मधुले आग्रह गर्नुभयो साथै अहिलेको ब्यबस्थामा जनमुक्ती सेना र घाईते योद्धाहरुको रगतले लतपटिएको छ भन्दै यो ब्यबस्थाको बिरुद्द धावा नबोल्न आग्रह गर्नुभयो ।

राज्यको बिभेदिकरण निति र दमनको बिरुद्द शुरु भएको मुक्तीको शशत्र युद्ध शुरु भएको थियो । महिला, दलित , निमुखा बर्गको अधिकारका लागि बन्दुक बोक्दै सामाजिक न्यायको लागि हज्जारौं युवा/युवती मृत्युको प्रवाह नगरी युद्धमा होमिएको थियो । मकवानपुरका पुर्ब जनमुक्ति सेना वीर बहादुर घलान ( ज्वाला) को सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.