साना किसान हाँडिखोलाको अध्यक्ष/उपाध्यक्षमा गिता प्रजा र शान्ता तितुङ सर्बसम्मत

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरी ३ को नयाँ नेतृत्व चयन भएकोछ । बुधबार भएको संस्थाको नयाँ नेतृत्वको निर्बाचनको लागि भएको प्रक्रियामा अध्यक्ष पदमा एक जनाको मात्र नाम परेपछी गिता प्रजा सर्बसम्मत अध्यक्षमा निर्बाचित भएको निर्बाचन प्रमुख दिपक अधिकारिले जानकरी दिनुभयो ।

प्रजा साना किसान कृषि सहकारीको नेतृत्व गर्नेमा सिमान्तकृत समुदाय चेपाङ्ग समुदाय तर्फ पहिलो अध्यक्ष बन्न सफल भएको साना किसान महासंघ केन्द्रिय सल्लाहकार एकराज उप्रेतिको दाबी रहेकोछ । ११ वटा अन्तर समुहबाट ११ जना कार्यसमितिमा चयन हुँदै यस अघिनै संस्थाको कार्यसमितिमा चयन भईसकेका थिए । यस्तै गरि संस्थाको उपाध्यक्षमा शान्ता तितुङ्ग निर्बिरोध निर्बाचित हुनुभएकोछ । संस्था अन्य सदस्यहरुमा क्रमश : लक्ष्मी लामा,सीता ढकाल,संगीता बर्तौला,देबकी ढुंगाना,पार्बती घलान,सुनमाया स्याङ्तान,ईन्दिरा कार्की र तिउरीमाया थोकर रहनुभएकोछ ।

बिक्रम सम्बद २०६६ सालमा स्थापना भएको सहकारीको २ हजार ५ सय ६० जना शेयर सदस्य रहेको संस्थाका प्रबन्धक सुरेन्द्र तितुङले जानकारी दिनुभयो । साथै उनका अनुसार संस्थाले गत बर्ष ३६ करोड बराबरको कारोबार गर्न सफल भएको थियो भने १ करोड एक लाख नाफा कमाउन सफल भएको थियो ।
संस्थाको कुल लगानिको ८० प्रतिशत कृषि क्षेत्रमा लगानी रहेको छ भने संस्थाले दैनिक २ हजार लिटर दूध संकलन गर्दै आईरहेकोछ । कृषि क्षेत्रमा गरेको लगानिको प्रतिफल अनुसार मनहरी गाउँपालिकामा पालिकाले प्रदान गर्ने दुधमा रहेको अनुदान रकम सबै भन्दा बढी रकम १९ लाख भन्दा बढी हातपार्न सफल भएको थियो ।

लगातार तीन चोटीसम्म संस्थाको नेतृत्वमा रहनुभएको राधिका ठकुरीले अन्तिम समयसम्ममा संस्थाको नेतृत्वमा सर्बसम्मत चयनको लागि आफ्नो उम्मेद्बारी निकाल्दै बाटो सहज बनाईदिनुभएको थियो। लामो समय देखि सामाजिक क्षेत्रमा सक्रिय गिता प्रजा मनहरी गाउँपालिका वडा नम्बर ४ का स्थानिय बासिन्दा हुनुहुन्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.