रास्वपाको घरदैलो २०८४ मा कि रास्वपाको चौरासी गर्नुस कि अरु पार्टिको जिल्ला सभापती पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टि मकवानपुरले घरदैलो अभियान शुरु गरेकोछ । शनिबार बिहानै मकवानपुरको मनहरीमा आईपुगेका टोलिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका संसद बिन्दाबासिनी कंशाकारको सहित जिल्ला सभापति, क्षेत्रीय सभापति लगाएतकाको उपस्थितिमा अभियानको थालनी गरिएको हो ।

रास्वपा मकवानपुरका सभापती भरत पराजुलीले २०८४ सालको चुनावमा जनताले कि रास्वपाको चौरासी गर्नुपर्यो कि अरु दलहरुको चौरासी गर्नुपर्यो भन्दै जनताको सुझाव लिन आएको पनि जिल्ला सभापती पराजुलीले बताउनुभयो ।

सुनाउन हैन सुन्न र धन्यवाद दिन भन्ने मुल नाराका साथ मंसिर २,३ र ४ गते पार्टिले यो अभियान चलाएको क्षेत्रीय सभापती सन्जिब पाठकले बताउनुभयो । उनका अनुसार यो अभियानबाट पार्टीको कमि कम्जोरी र गल्तीहरु के के हुन ? पार्टीलाई सुझाव र स्थानिय तहमा रहेका समस्याहरु के के हुन जस्ता विषय बस्तु समेटिकाछन् । अभियानमा पार्टिका जिल्ला देखि स्थानिय तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.