प्रथम वडा अध्यक्ष भिमान स्मृति कपको फाईनलमा सोमबार आयोजकसंग लामिटार खेल्दै

मनहरी गाउँपालिका वडा नम्बर २ मा जारी प्रथम वडा अध्यक्ष भिमान स्मृति कपको फाईनल खेल कात्तिक २७ गते अर्थात भोलि हुदैछ । फाईनल खेलमा आयोजक मनहरी खेलकुद बिकास समिती “ए” र एफ सि लामिटार बिच हुने आयोजकले जनाएकोछ ।

मनहरी २ नम्बरको त्रिरत्न प्राथमिक बिधालयको प्राङ्गणमा हुने खेलमा वडा नम्बर २ र ३ नम्बर वडाले फाईनलमा भेट पक्का गरेको हो । वडा नम्बर ३ लामिटारले वडा नम्बर ९ को केदारेश्वर युवा क्लबलाई ट्राईब्रेकरमा ३-१ गोल अन्तरले हराउदै र आयोजक खेलकुद बिकास समिती मनहरी २ “ए” टिमले वडा नम्बर ४ लाई २-० को गोल अन्तरमा खेल आफ्नो पोल्टोमा पार्दै लामिटारसंगको भेट पक्का गरेको हो ।

वडाकै बिकट तर ऐतिहासिक स्थलको पहिचान तथा पर्यटकीय गन्तब्यको रुपमा बिकास गराउन यो खेलले महत्वपूर्ण सहयोग गर्नेमा वडा अध्यक्ष राजकुमार पाख्रिनले बिश्वास ब्यक्त गर्नुभयो । वडा स्तरमा गठित खेलकुद समितिको नेतृत्वमा खेलाईएको खेललाई वडाबाट २ लाख ५० हजार रकम छुट्टयाइएको समेत जानकारी दिनुभयो । साथै खेलकुदका विभिन्न गतिबिधिहरुमा वडाले सहभागिता जनाउदै आईरहेको र उमेर समुहमा राष्ट्रिय खेलाडी समेत जन्माईसकेको वडाले खेलकुदमा सदैब आफू लाई अग्र पंक्ति राखिने बताउनुभयो । वडाले राष्ट्रिय स्तरमा उमेर समुहमा संतोष गोङ्बालाई स्थापित गरिसकेकोछ ।

भोलि हुने खेलको औपचारिक उद्घाटन दिउँसो १ बजे हुने र खेलमा जिल्ला समन्वय प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहने आयोजकले जानकारी दिएकोछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार पाँच सय पच्पन्न रुपैयाँ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तैगरी खेलमा दोश्रो हुने टिमले नगद २५ हजार पाँच सय पच्पन्न रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै खेल अबधीभरी सर्बाधिक गोल गर्ने गोलकर्ता , सर्बोत्कृस्ट गोल रक्षक, लगाएत अन्य बिधाका खेलाडिलाई नगद सहित ट्रफीको ब्यबस्था रहेको आयोजकले जानकारी दिएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.