दर्शक, खेलाडी भन्छन् गोल रेफ्री पहिले गोल पछि फल, आयोजक तिरिमिरी

बकैया गाउँपालिकामा जारी अन्तर पालिका स्तरिय नक आउट फुटबल प्रतियोगिताको फाईनल खेल रेफ्रीको बिबादास्पद निर्णयले रोकिएकोछ ।

शनिबार भएको खेलमा उपाधिको लागि मनहरी गाउँपालिका र बागमती गाउँपालिका बिचको निक्कैनै कडा प्रतिस्पर्धा रहेको खेलमा बागमती गाउँपालिकाका खेलाडिले मनहरीका खेलाडिलाई फल गर्न पुगेसङ्गै मनहरी गाउँपालिकाले फ्रि किकको अवसर प्राप्त गरेका थिए । उक्त फ्रि किकलाई बागमतीका गोल रक्षकले बचाउ गर्दा फुत्किएर मनहरीका जर्सी नम्बर ७ का मनिष पौडेलको खुट्टामा पुग्न गएको थियो । उनको बल पोष्टमा ठोक्किएर फर्किन पुग्यो । र पुनः बल मनहरीकै खेलाडी जर्सी नम्बर ६ का खेलाडी सुदिप सापकोटाले बिना कुनै बाधा अबरोध बललाई जाली चुमाउन सफल भएको थियो । खेलको प्रमुख रेफ्रीले गोलको सिट्टि बजाई सकेपछी लाईन्स म्यानको मौनतालाई बुझ्न जादा फलको निर्णय आएपछि खेल विवादमा आएको हो ।

दर्शक खेलाडी सबैले खेलमा अफिसियलको भुमिका प्रती असन्तुष्टि देखा परेको थियो र खेल स्थगित हुन पुग्यो । खेलाडी चेयर अप गर्दै आ आफ्नो पोजिशनमा पुगिसक्दा रेफ्रीको अर्को निर्णय आउदा खेल हेर्ने दर्शक यस्ता झेली रेफ्रीले खेलाको के हेर्नू भदै मैदान छोडेर बाहिर निस्किएका थिए । मनहरी टिमका अफिसियलले यदि फल भएको भए किन झण्डा उठाईएन भन्दै प्रश्न गरेका थिए । खेल सकिन ३ मिनेटको समय बाँकी रहदा खेल अबरुद्ध भएको थियो ।

निक्कै लामो समयसम्म बिबाद मिलाउन दुबै पालिकाका टिम म्यानेजर, क्याप्टेन , प्रशिक्षक र जनप्रतिनिधि समेतको छलफलमा निष्कर्ष निस्कन नसके पछि मनहरीको टिम आफुले हानेको गोलको मान्यता हुनुपर्यो नत्र खेलमा सहभागी नहुने भन्दै घर फर्किएको थियो ।

लगतै केही समय पछि आयोजक अखिल नेपाल खेलकुद महासंघ बकैयाले रेफ्रीको निर्णय अनुसार उक्त गोललाई गोल मान्न नसकिने भन्दै खेल गोल रहित बराबरी अवस्थामा रहेको र बाँकी समयको खेल २६ गते अर्थात आज खेलाईने भन्दै बिज्ञप्ति निकाल्यो ।

मनहरी गाउँपालिकाले आफूहरु पहिलेकै निर्णयमा अढिक रहेको भन्दै खेलमा सहभागीता नजनाउने र प्राईज पनि नलिने घोषणा गरेकोछ ।

शान्ती स्मृति शान्ती बाटिका बकैया र अखिल नेपाल खेलकुद बकैयाको संयुक्त आयोजनामा आयोजित खेलको सबै क्षेत्रबाट सकारात्मक चर्चा चलिरहदा अन्तिम समयमा अफिसियलको निर्णयले नकारात्मक चर्चा चुलिएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.