प्रजा जागृतीका बिधार्थीद्वारा जनचेतना मुलक नाटक प्रदर्शन

राक्सिराङ्ग गाउँपालिकाको वडा नम्वर ५ को एक मात्र माध्यामिक बिधालय प्रजा जागृती माध्यामिक बिधालयमा अध्ययनरत बिधार्थीहरुले महिला हिंसा बिरुद्ध र चेलिबेटी बेचबिखन सम्बन्धि जनचेतनामूलक नाटक प्रदर्शन गरेकोछ ।

बिहिबार बिधालयमा आयोजित देउसी भैलो कार्यक्रमको साथ साथै उक्त नाटक प्रदर्शन गरेको हो । अनौपचारिक शिक्षा सेवा केन्द्र ईन्सेक बागमतीद्वारा गठित बाल समुहमा आवद्ध बिधार्थीहरुले समाजमा हुँदै आईरहेको महिला हिंसा र चेलिबेटी बेच बिखन सम्बन्धी कथा बस्तुलाई नाटकीय ढंगले प्रस्तुत गरेका थिए ।

उमेरले स – साना भएतापनी कलामा भने पोक्त देखिने बिधार्थिको प्रस्तुतिमा मौलिकता झल्कने प्रस्टै देखिन्थ्यो । बिधालयका प्रधानाध्यापक सुर्य बहादुर प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिधालय ब्यबस्थापन समिती सदस्य गणेश श्री लामा , ईन्सेक बागमती प्रदेश मकवानपुरका सहजकर्ता सलिना गौतम , बिधालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

प्रजा जागृती मानव अधिकार बाल समूहका संयोजक अर्पण प्रजाको सभाध्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण बिधालयका शिक्षक शर्मिला पौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.