जनताका छोरा शासक बनेको हेर्न र बिकास देख्न नचाहनेले गणतन्त्रको बिरोध गर्दैछ :संसद बानियाँ

बागमती प्रदेश सभा सदस्य संसद माननीय ईन्द्र बहादुर बानियाँले जनताका छोरा शासक बनेको हेर्न र बिकास देख्न नचाहने केही पंक्तिले गणतन्त्रको बिरोध गरिरहेको बताउनुभयो ।

शुक्रबार मनहरी गाउँ पालिका वडा नम्बर ९ को वडा कार्यालय भवन उद्घाटन गर्दै प्रमुख अतिथी मकवानपुर जिल्ला निर्बाचन क्षेत्र २” ख” बाट प्रत्येक्ष निर्बाचित प्रदेश संसद समेत रहनुभएका बानियाँले यस्तो बताउनुभएको हो ।

गणतन्त्रले सबैको अधिकार सुनिस्चित गरेको र प्रत्यक्ष जनताले बिकासको अनुभूति गर्न पाएको भन्दै अहिलेको शासकीय ब्यबस्था गलत र खर्चिलो भयो पहिलेकै ब्यबस्था ठिक भन्नेहरुलाई जवाफ दिदै पहिले भन्दा अहिले राज्यको ब्ययभार कम भएको जिकिर गर्नुभयो ।

पहिल्यै देखि चाप्लुसी गरेर खान पल्केकाहरुले अहिले आएर खान नपाएर अनेक बाहानामा यो ब्यबस्थाको बिरोध गरिरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिले जग्गा उपलब्ध गराई सुबिधा सम्पन्न भवन निर्माणमा सहयोग गर्नुहुने जग्गादाता प्रती आभार ब्यक्त गर्नुभयो । साथै नब निर्मित भवनबाट वडाका जनतालाई उत्कृष्ट सेवा दिन वडा अध्यक्ष र समग्र वडा टिमलाई आग्रह गर्नुभयो ।

पालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने कार्य गरेको बताउदै मनहरी गाउँ पालिकाले भिलेज प्रोफाईल तैयार गर्दै गरेको समेत जानकारी दिनुभयो । प्रोफाईल तयार भएपछी पालिकाले दिने सेवा सुबिधा दिने सन्दर्भमा प्रभाबकारी बन्ने आशा ब्यक्त गर्नुभयो । वडा कार्यालय भवन बन्दै गर्दा वडा हरुको भवन उद्घाटन गर्दै गर्दा कतै खुसी त कतै दु:ख लागेको भन्दै पालिकाको भवन अहिले सम्म नबन्नु दु:खद भएको बताउनुभयो ।साथै पालिकाको भवनको प्रक्रिया बन मन्त्रालयमा गएर अड्किएको भन्दै सहजिकरण गरिदिनुहुन संसद बानियाँलाई अनुरोध गर्नुभयो ।

त्यस्तैगरी निबर्तमान वडा अध्यक्ष साधुराम अधिकारीले वडा कार्यालय केन्द्रमा परेन भन्ने सवालमा जवाफ दिदै रजैयामा गाउँपालिका केन्द्र खरङ्गामा स्वास्थ्य ईकाई ज्यामिरेमा बिधालय र भलाद्मी चोकमा वडा कार्यालय राख्ने निर्णय गरि कार्य गरेको बताउदै सरकारी सेवा प्रदान हुने स्थानहरुले वडाका सबै क्षेत्रलाई समेटेको बताउनुभयो ।

मनहरी ९ निवासी दुव माया कालाखेतिले आफ्ना स्वार्गिय पति डोल नाथ कालाखेतिको स्मृतिमा १ गट्ठा १२ धुर जग्गा २०७५ सालमा दान गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि बानियाँले रिबन काटी उद्घाटन गर्नुभएको थियो । उद्घाटनकै क्रममा जग्गादाता कालाखेतिलाई प्रमुख अतिथी संसद बानियाँले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एबम ९ नम्बर वडाका अध्यक्ष राजकुमार श्रेष्ठले भवन निर्माण कार्यमा सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यबाद भन्दै पदमा रहनुजेल कुनै नराम्रो काम नगर्ने बताउनुभयो ।

१ करोड ३३ लाख ९० हजार दुईसय छत्तीसमा टेन्डर आह्वान गरिएकोमा रत्न कुमारी एण्ड सन्स हेटौंडाले ८८ लाख ७५ हजारमा काम सम्पन्न गर्ने गरि टेण्डर पारी काम अगाडि बढाईएको थियो । वडा कार्यालयले बिगद साढे ६ बर्ष देखि ब्यक्तिको भवनमा मासिक भाडा तिर्दै वडाको दैनिक सेवा प्रदान गर्दै आईरहेको थियो । वडा कार्यालय बनेसङ्गै वडामा हुने गतिबिधी सुबिधा सम्पन्न भवनबाट प्रदान हुने भएपछी स्थानिय सुजन बि .क . ले खुसी हुँदै साच्चिकै देशमा गणतन्त्र आएको अनुभूति गरेको बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य संसद माननीय ईन्द्र बहादुर बानियाँ प्रमुख अतिथी त्यस्तै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती बिशिष्ट अतिथी , मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर बिशेष अतिथी , वडा अध्यक्षहरु , ईप्रका मनहरीका प्रहरी निरिक्षक दिपक थापा , उद्योग बाणिज्य पश्चिम क्षेत्र समिती मनहरी सभापती गणेश मान मानन्धर लगाएत अन्यको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजिकरण वडा नम्बर ९ का सचिब ठाकुर बर्तौलाले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.