प्रथम वडा अध्यक्ष भिमान स्मृति कपमा दर्शकको ध्यान तान्यो मनहरी ४ का प्रयासले

मनहरी गाउँपालिका वडा नम्बर २ मा जारी प्रथम वडा अध्यक्ष भिमान स्मृति कपको मंगलबारको खेल सम्पन्न भएकोछ । प्रतियोगिताको दोश्रो दिनको खेल सम्पन्न भएसङ्गै मनहरी ४ र मनहरी ३ ले बिजयी शुरुवात गरेकोछ ।

प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर १ को नमुना युवा क्लबलाई वडा नम्बर ४ ले २-० को गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । वडा नम्बर ४ का १० बर्षे प्रयास थापाले सबै दर्शकको ध्यान खिच्न सफल भएको थियो । अरु खेलाडीको उमेर भन्दा कम भएको कारण मात्रै नभई बल खेलाउने कौशलताले गर्दा सबै दर्शकको ध्यान खिच्न सफल भएका थिए । २१ नम्बर जर्सी लगाएर मैदानमा खेल मैदान छिरेका थापाले खेलमा थप रौनकता थपिदिएका थिए ।

त्यस्तै गरि दोश्रो खेलमा मनहरी ३ नम्बर वडाले बिजयी यात्रा शुरु गर्ने क्रममा प्रतियोगिताकै दाबेदार मानिएको मनहरी ७ नम्बर वडालाई १-० को गोल अन्तरले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । निक्कैनै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ३ ले जित हासिल गरेको हो ।

त्रिरत्न प्राथमिक बिधालयको प्राङ्गणमा भईरहेको नाईन ए साईड फुटबल प्रतियोगितामा आजको पहिलो खेलको म्यान अफ द म्याच ४ नम्बर वडाका जर्सी नम्बर ११ का सन्दिप गौतम भए भने दोश्रो खेलमा वडा नम्बर ३ का सुजन राई म्यान अफ द म्याच घोषणा भएकाछन् ।

बुधबार पनि आज जस्तै दुई खेल हुने आयोजक खेलकुद बिकास समिती २ नम्बर वडाका संयोजक शुक्रराम मुक्तानले जानकारी दिनुभयो । भोलिको पहिलो खेलमा मनहरी ८ सिम्पानीले जनशिद्ध युवा क्लबसंग साक्षात्कार गर्दैछ भने दोश्रो खेलमा जनआदर्श युवा क्लबले आयोजक सी टिमसंग खेल खेल्नेछ ।

प्रतियोगिता प्रथम हुने टिमले नगद ५० हजार पाँच सय पच्पन्न रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तैगरी खेलमा दोश्रो हुने टिमले नगद २५ हजार पाँच सय पच्पन्न रुपैयाँ सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.