मनहरी ६ नम्बर वडाले मुर्रा रागा पुरस्कार सहित खेलाडी छनोट गर्दै

 

खेलाडी छनोट गर्न खेलाडिको कला कौशलता हेर्नै पर्छ । मनहरी ६ नम्बर वडाले पनि वडाको फुटबल खेलाडी छान्न यो पाली वडा भित्रका खेलाडिको कला कौशलता हेरि एउटा फुटबल टिम तैयार गर्दैछ ।

पछिल्लो समय नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणमा नेपाललाई उन्नत जातका पाडा मुर्राले निक्कै चर्चामा आउन सफल मुर्रा रागा हो । यो पाली मनहरी गाउँपालिका वडा नम्बर ६ ले पनि खेलाडी छनोट गर्न नौलो प्रयास अपनाएकाछन् । पहिलो हुने टिमलाई मुर्रा रागा सहित खेलाडी छनोट गर्दैछ ।

वडा भित्र रहेको खेलाडिहरु मध्येबाट शशक्त र भरपर्दो खेलाडी टिमको खोजिको लागि यो बजेट बिनियोजन गरिएको वडा अध्यक्ष युवराज थपलियाले बताउनुभयो ।

मनहरी ६ नम्बरमा रहेको सयपत्री युवा क्लबको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । वडा बाट खेलको लागि १ लाख ५० हजार रुपैयाँ रकम छुट्टयाइएको र बाँकी सर सहयोग जुटाएर खेल खेलाउन लागेको कार्यक्रम संयोजक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

२०८० कात्तिक २१ अर्थात आजबाट खेल शुरु हुँदै गरेको खेलमा वडा भित्रबाट १० वटा टोलले सहभागिता जनाउँदैछ । खेलको उद्घाटनमा खयरघारी टोल र प्रतापपुर बिच दिउँसो १ बजे हुने आयोजकले जनाएकोछ । यस्तै प्रतियोगितामा दोश्रो हुने टिमले खसी सहित शिल्ड , मेडल प्राप्त गर्नेछ । प्रतियोगिताको फाईनल खेल कात्तिक २६ गते हुने आयोजकले जानकारी दिएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.