प्रथम वडा अध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिताको तैयारी पूरा भएकोछ । मनहरी गाउँपालिका वडा नम्बर २ को एतिहासिक ठाउँ भिमानको पर्यटन प्रबर्द्धन तथा एतिहासिक स्थलको पहिचानको लागि खेलले महत्वपूर्ण योगदान पुर्याउनेमा आयोजक बिश्वस्त रहेको वडा खेलकुद बिकास समितिका अध्यक्ष सुकराम मुक्तानले बताउनुभयो ।
त्रिरत्न प्राथमिक बिधालयको प्राङ्गणमा खेलाईने खेलको उद्घाटन यहि कात्तिक २० गते गरिने आयोजकले जनाएकोछ । मनहरी गाउँपालिकाका ८ वटा वडाको फुटबल टिम उपाधीको लागि भिडन्त रहनेछ ।वडा नम्बर ६ ले अन्तिम समयमा खेलमा सहभागी नहुने निर्णय दिएपछी पालिकाका बाँकी ८ वटा वडाका टिमहरु प्रतिस्पर्धामा उत्रने निश्चित भएको हो ।
प्रतियोगिता प्रथम हुने टिमले नगद ५० हजार पाँच सय पच्पन्न रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तैगरी खेलमा दोश्रो हुने टिमले नगद २५ हजार पाँच सय पच्पन्न रुपैयाँ सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएकोछ । पालिका भित्रका खेलाडिहरु र टिमको सहभागीता रहने यस प्रतियोगिता कात्तिक २० गते देखि २७ गते सम्म संचालन हुनेछ । प्रतियोगितालाई संचालनको लागि मनहरी गाउँपालिकाले चालू आर्थिक बर्ष २०८०/०८१ मा २ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको वडा अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिनुभयो ।
आयोजक कमिटिले आईतबार खेलमा सहभागी हुने टिमको अन्तिम नामावली र खेल तालिका सार्बजनिक गर्दै खेलको सम्पुर्ण तैयारी पूरा भएको सन्देश दिईएको हो । उद्घाटन समारोहमा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहने समेत आयोजकले जनाएकोछ ।