मनहरी समृद्धको तेश्रो साधारण सभा गोल्डेन कार्ड प्राप्त गर्ने शेयर सदस्यलाई मासिक ब्याजमा १ प्रतिशत छुट

मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा अवस्थित मनहरी समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएकोछ ।

शनिबार सम्पन्न भेलाले नयाँ कार्य समिती समेत प्राप्त गरेकोछ । सहकारीको नयाँ नेतृत्वमा नारायण सुवेदी चयन भएको हो । सुवेदी उधोग बाणिज्य संघ पश्चिम क्षेत्र समिती सभापती समेत रहिसक्नुभएकोछ ।

भेलाबाटै असल ऋणी शेयर सदस्यहरुलाई गोल्डेन कार्ड प्रदान गरिएको थियो ।गोल्डेन कार्ड प्राप्त गर्ने शेयर सदस्यले मासिक ब्याजमा १ प्रतिशत छुट समेत प्राप्त गर्नेछन् । २०७६ सालमा स्थापना भई सहकारी अभियान सन्चालन गरेको संस्थाको शेयर सदस्य २०८० असार मसान्तसम्म ६ सय ६६ जना शेयर सदस्य रहेको छ भने कात्तिक १८ गते सम्म २ सय भन्दा बढी नयाँ सदस्य थपिएको श्रोतले जनाएकोछ ।

चार बर्षको अबधिमा ४३ लाख १८ हजार पाँच सय बैसठ्ठी बराबरको सम्पती सस्थाको नाममा जोडिसकेकोछ । भने संस्थाले १० लाख ३५ हजार छ सय नौ रुपैयाँ खुद नाफा गरेकोछ । यस्तै गरि संस्थाले २ करोड ९७ लाख २६ हजार छ सय छत्तीस रुपैया ७७ पैसा को कारोबार गरेकोछ ।

कार्यक्रमका प्रमुख अतिथी तथा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिले शेयर सदस्यहरुलाई संस्थाको आयब्यय सूक्ष्म ढंगले अनुसन्धान गर्न आग्रह गर्नुभयो । साथै सहकारीको हरेक सवालमा निगरानी राख्नु पर्दछ । भन्दै सहकारी हरेक शेयर सदस्यको आफ्नै सम्पती भएको बताउनुभयो । एक अर्को प्रसङ्गमा
गाउँपालिकाले सहकारीसङ्ग सहकार्य गर्दै पशु पालनलाई प्राथमिकता दिदै आईरहेको बताउनुभयो । पालिका किसान मैत्री रहेको भन्दै आगामी दिनमा किसानलाई दानामा अनुदान दिने तर्फ पालिकाले सोचिरहेको बताउनुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।यस्तैगरी मनहरी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष राजकुमार श्रेष्ठ बिशिष्ट अतिथी यस्तै उधोग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीका सभापती गणेश मान मानन्धर , दिब्यज्योती बचत तथा ऋण सहकारीका अध्यक्ष सुजिता कार्की, मनहरी बचतका अध्यक्ष नारायण भट्ट लगाएत अन्यको आतिथ्यता रहेको थियो ।

हेमलाल उप्रेतिको नेतृत्वमा रहेको सहकारी पछिल्लो समय संस्थाकै उपाध्यक्ष रामु दराईले नेतृत्व गर्दै आईरहनुभएको थियो ।

रामु दराईको नेतृत्वको समिति भंग भएसङ्गै
दिपक पौडेल, दिपक अधिकारी र राम चन्द्र पुरी तीन सदस्यीय निर्बाचन मण्डल गठन गरिएको थियो ।

निर्बाचन मण्डलका संयोजक दिपक पौडेलले नब निर्बाचित समितिलाई सपथ खुवाउनु भएको थियो । नब निर्बाचित टिमको अध्यक्षमा नारायण सुवेदी , उपाध्यक्ष रामु दराई, सचिब पुष्कर सुबेदी, कोषाध्यक्ष नवराज पराजुली सहित नौ सदस्यीय कार्यसमिति रहेकोछ ।यस्तैगरी बिष्णुहरी सुवेदी लेखा संयोजक मिलन अर्याल र रचना गोपाली सदस्यमा निर्बाचित गरिएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.