नेकपा मकवानपुरका स्थानिय तथा केन्द्रिय नेताहरुले धुम धामले धान भित्र्याउदै


मनहरी गाउँपालिका वडा नम्बर ५ दर्दरा झुल्यानमा झण्डै सवा बिघामा लगाईएको धान भित्र्याईएको छ । नेकपा केन्द्रिय सदस्य तथा पुर्ब दक्षिण जिल्ला मकवानपुर ईन्चार्ज राम सीको नेतृत्वमा धान भित्र्याईएको हो ।

पार्टीको केन्द्रिय सर्कुलर अनुसार दुई महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने नितिलाई टेकेर पार्टिमा आबद्ध नेता तथा कार्यकर्ताको सहभागीतामा धान भित्र्याउने कार्य सम्पन्न गरेकोहो । झण्डै एक सय जनाले रोपाईको बेलामा श्रमदान गरि धुमधामसंग शुरु गरेको उत्पादन बृग्रेडलाई पार्टिका केन्द्रिय सदस्य राम सीले नेतृत्व गर्दै आईरहनुभएकोछ ।

शुक्रबारको श्रमदानको क्रममा पार्टी सदस्य तथा शुभचिन्तकगरि ७०/७५ जनाको हाराहारिमा उपस्थित रहेका थिए ।

 

पार्टीको नेतृत्व गर्नु र कृषि उत्पादनको नेतृत्व गर्न कुन सजिलो रह्यो भन्ने हाम्रो प्रश्नको जवाफमा नेता राम सीले बिप्लबका नेता कार्यकर्ताले बाँझो जमिन देख्यो भने कब्जा गर्छ भन्ने कुराको पछाडी नलाग्न र बिप्लबका केन्द्रिय नेता देखि स्थानिय कार्यकर्ता श्रम गरेर खान सक्ने र श्रम गरे मात्र बैज्ञानिक समाजबादको यात्रा सम्भव रहेको भन्दै पार्टी केन्द्रिय महासचिव देखि अन्य नेता कार्यकर्ता उत्पादनमा जोडिएको समेत बताए ।

ब्यक्तिसङ्ग भाडामा लिएर सामुहिक खेतिमा लागेका मकवानपुरे सीहरुले यसै बर्ष देखि व्यावसायिक रुपमा काक्रो खेती भ्यान्टा खेती , घिरौला, केरा र बोडि एबम मकै खेती समेत लगाएको थियो ।

पार्टिको पुर्ब दक्षिण जिल्ला कमिटिमा ३७ जना जिल्ला सदस्य रहेको पार्टिले फरक फरक स्थानमा गरि ४ बिघा जमिन भाडामा लिएर उत्पादनमा जोदिएकाहुन ।

नेपाल भर १ सय ५० बिघा जमिनमा सामुहिक तथा ब्यक्तिगत रुपमा बिप्लब सीहरु उत्पादनमा जोडिदै आईरहेका श्रोतको दाबी छ ।

उत्पादनमा सन्तोसजनक अवस्था रहेको पनि नेता राम सीले जानकारी दिनुभयो । श्रमबाट आएको पुजि उत्पादनमा लागेको खर्च कटाएर जिल्ला पार्टी र केन्द्रिय कार्यालयलाई सहयोग गरिने पनि जानकारी दिनुभयो । र उत्पादनबाट पार्टी गतिविधि संचालन गरिने समेत बताउनुभयो ।

श्रम गर्नु पर्छ भन्ने सस्कार स्थापित गर्नको लागि र सस्कारको बिकास गर्नको लागि बिप्लब माओबादीले यो अभियान चलाएको बताउदै केन्द्रिय सदस्य राम सीले अब हरेक पार्टी उत्पादनमा जोडिन पर्ने धारणा ब्यक्त गर्नुभयो ।

धानको ब्यबस्थापन सङ्गै अब खाली खेतमा तोरि र मुसुरो लगाउने योजना समेत बताउनुभयो ।

डेढ बिघाको बर्षको २५ हजार रुपैयाका भाडा तिर्ने सहमती सहित जग्गा धनी रमेश केशीसङ्ग जग्गा भाडामा लिएर बिप्लब सी मकवानपुरले मनहरीमा कृषि उत्पादनलाई जोड दिईरहेकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.